On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भक्तपुरको बालसुधार गृहमा गोली चल्यो, तीनजना घाइते
समाचार

भक्तपुरको बालसुधार गृहमा गोली चल्यो, तीनजना घाइते

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् ।

घाइते बन्दीमध्ये एकजना गम्भीर घाइते भएको जनाइएको छ । दुई जनाको स्थिति सामन्य भएको जनाइएको छ । घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ । सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

विज्ञापन

सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुुरु गरेका थिए । उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् ।

विज्ञापन

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन् । सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यही भित्र रहेका छन् । यसैगरी प्रहरीले फारार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस