On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरपालिका भित्रका ३५ हजार घरधुरी खानेपानीको पहुँचमा
Breaking News

भरतपुर महानगरपालिका भित्रका ३५ हजार घरधुरी खानेपानीको पहुँचमा

नारायण अधिकारी,

चितवन । भरतपुर महानगरपालिकाभित्र रहेका ३५ हजार घरधुरी महानगरबाट प्रदान गरिएको खानेपानीको पहुँचमा पुगेका छन् । यी घरमा बस्ने दुई लाख ३५ हजार जनता प्रत्यक्ष प्रभावित भएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । पछिल्लो चार वर्षमा भरतपुर खानेपानी बोर्डमा १५ हजार घरधुरी थप भएका छन् ।

विज्ञापन

अहिले दैनिक तीन लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा विसं २०७४ मसान्तयता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ खानेपानी आयोजनाको निर्माण एवं मर्मत सम्भार भएका छन् । सो अवधिमा करिब रु तीन अर्ब ७७ करोड खानेपानीको क्षेत्रमा विनियोजन भएको छ । महानगरपालिकाले दीगो विकासको अवधारणाअनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथामिकतामा राखेको छ । महानगरपालिकाले सात हजार लिटरसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशुल्क व्यवस्था गरेको छ ।

विज्ञापन

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिने उद्देश्यले निःशुल्क खानेपानी उपलब्ध गर्ने निर्णय गर्नुभएको थियो । नेपालको मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका अहिले खानेपानीको पहँुचलाई तीव्र रुपमा अगाडि बढाइएको भरतपुर महानगरपालिका प्रमुख दाहालले बताउनुभयो । भरतपुरमा केही वर्षअघि घण्टौँ हिँडेर पानी ल्याउनुपर्ने समस्या टरेर गएको उहाँले बताउनुभयो । अबको केही समयमै शतप्रतिशत भरतपुरवासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजना निर्माणधीन रहेको उहाँको भनाइ छ ।

भरतपुरका २९ वडामा खानेपानीको ठूला–ठूला आयोजना निर्माण सम्पन्न भएका छन् भने निर्माणाधीन, विस्तृत अध्ययन प्रतिवेदन हुँदै गरेका र सञ्चालनमा आउन बाँकी काम अगाडि बढाइएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका अनुसार विसं २०७४ पछि बोर्ड र महानगरपालिको सहकार्यमा वडा नं ९, ११ र १२ मा सेवा क्षेत्र रहने गरी रु २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका–२२, १३ र १४ सेवा क्षेत्र रहने गरी रु तीन करोडको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं ६ र १३ सेवा क्षेत्र रहने गरी रु चार करोड ६४ लाखको देवनगर खानेपानी आयोजनामा दुई वटा ओभरहेड ट्ङ्याकी र २ वटा डिप वोरिङसहित पाइपलाइन विस्तार कार्य भई यो आर्थिक मसान्तभित्र घरघरमा खानेपानी पुग्ने उहाँले जनाकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका–१५ सेवा क्षेत्र रहने गरी रु तीन करोड ६० लाखको मङ्गलपुर खानेपानी आयोजनामा ओभरहेड टङ्याकी र डिप वोरिङसहित पाइपलाइन विस्तार भई आयोजना सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

नेपाल सरकार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सह–लगानीमा दुई वटा ओभरहेड ट्ङ्याकी र दुई वटा डिप वोरिङसहित करिब ७२ किमी पाइपलाइन विस्तारसहित भरतपुर महानगरपालिका वडा नं १० र ११ सेवा क्षेत्र रहने गरी रु २८ करोडको जखडिमाई सह–लगानी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत सहरी खानेपानी आयोजनामार्फत भरतपुर महानगरपालिका वडा नं ९ र ६ सेवा क्षेत्र रहने गरी गौरीगञ्ज खानेपानी आयोजना रु दुई करोडको सर्वेक्षण सम्पन्न भई विस्तृत अध्ययन प्रतिवेदन तयारी भई प्रक्रिया अगाडि बढेकोे छ । भरतपुर महानगरपालिका वडा नं १५ को फुलवारी खानेपानी आयोजना रु दुई करोड ६९ लाखको हस्तान्तरण लिई १० किमि पाइपलाइन विस्तार गरी सञ्चालनको तयारी अवस्थामा रहेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत एसियली विकास बैंकको सहयोगमा भरतपुर महानगरपालिका वडा नं १ को रामनगर, ठिमुरा, देवघाट र भरतपुरका केही क्षेत्र मुख्य सेवा क्षेत्र रहने गरी भरतपुर महानगर र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग सहकार्यमार्फत जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी आयोजनाको चालु आवको अन्त्यमा विस्तृत अध्ययन प्रतिवेदन तयार हुने सम्झौता भएको छ ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको आन्तरिक लगानीमा वार्षिक रुपमा खानेपानी विस्तार कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका वडा नं १ देखि १५ र वडा नं २२ समेतका सेवा क्षेत्रमा पाइपलाइन विस्तार गरी सेवा वृद्धि गरिएको छ । प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं १ हेटौँडा र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं ५ को कैलाशनगर रु दुई करोड ७१ लाख, आनन्दपुरमा रु दुई करोड ४९ लाखको र वडा नं १५ को मङ्गलपुरमा ओभरहेड ट्ङ्याकी निर्माणसहित पाइपलाइन विस्तार कार्य सम्पन्न भई सेवा सुचार भएर सञ्चालनमा आएको महानगरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस