On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख ६, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • के छ भरतपुरमा खानेपानीको अवस्था ?
Breaking News

के छ भरतपुरमा खानेपानीको अवस्था ?

चितवन । भरतपुर महानगरपालिकामा ४ वर्षको अवधिमा खानेपानीको १५ हजार नयाँ घरधुरी थप भएका छन् । भरतपुर खानेपानी व्यवस्थापन वोर्डको तथ्याङक अनुसार अहिले खानेपानी प्रयोग गर्ने घरधुरी ३५ हजार घरधुरी पुगेका छन् । यो सँगै खानेपानी पिउने जनसंख्या २ लाख ३५ हजार जना पुगेका छन् । अहिले दैनिक ३ लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा २०७४ मसान्त यता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ वटा खानेपानी आयोजनाको निर्माण एव्म मर्मत सम्भार भएका छन् । यो अवधिमा करिब ३ अर्व ७७ करोड रुपैयाँ खानेपानीको क्षेत्रमा विनियोजन भएको छ ।
महानगरपालिकाले दिगो विकासको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथामिकतामा राखेको पाईन्छ ।
भरतपुर महानगरपालिकाले ७ हजारसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशूल्क व्यवस्था छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिन उद्देश्यले निःशूल्क खानेपानी उपलब्ध गर्ने निर्णय गर्नुभएको थियो ।
नेपालको मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका अहिले खानेपानीको पहँुचलाई तीब्र रुपमा अगाडि बढाइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल बताउनु हुन्छ । भरतपुरमा केही वर्षअघि घण्टै हिडेर पानी ल्याउनुपर्ने स्थानमा अहिले घरमै पानी आएको छ । अबको केही समयमै शतप्रतिशत भरतपुरबासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजनाहरु निर्माणधिन रहेको उहाँको भनाई छ ।भरतपुरका २९ वटा वडामा खानेपानीको ठूलो–ठूलो आयोजनाहरु निर्माण सम्पन्न भएका छन् भने निर्माणधिन, डिपिआर र सञ्चालनमा आउन बाँकी कामहरु अगाडि बढिरहेका छन् ।
तीब्र सहरीकरण भईरहेको भरतपुरमा खानेपानीको वर्तमान अवस्था यस्तो छ ः
भरतपुर खानेपानी व्यवस्थापन वोर्डका अनुसार २०७४ सालपछि बोर्ड र महानगरपालिको सहकार्यमा वडा नं.९,११ र १२ सेवा क्षेत्र रहने गरी रु २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. २२, १३ र १४ सेवा क्षेत्र रहने गरी रु ३ करोडको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
यस्तै प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.६ र १३ सेवा क्षेत्र रहने गरी रु ४ करोड ६४ लाखको देवनगर खानेपानी आयोजनामा २ वटा ओभरहेड टंकी र २ वटा डिप वोरिङसहित पाईपलाईन विस्तार कार्य भई यो आर्थिक मसान्तभित्र घर–घरमा खानेपानी पुग्ने छ ।
यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.१५ सेवा क्षेत्र रहने गरी रु ३ करोड ६० लाखको मंगलपुर खानेपानी आयोजनामा ओभरहेड टंकी र डिप वोरिङसहित पाईपलाईन विस्तार भई आयोजना सञ्चालनमा आएको छ ।
यस्तै नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सह–लगानीमा २ वटा ओभरहेड टंकी र २ वटा डिप वोरिङसहित करिव ७२ कि.मी.पाईपलाईन विस्तारसहित भरतपुर महानगरपालिका वडा नं.१० र ११ सेवा क्षेत्र रहने गरी रु २८ करोडको जखडिमाई सह–लगानी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।
यस्तै नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको सहरी खानेपानी आयोजनामार्फत भरतपुर महानगरपालिका वडा नं.९ र ६ सेवा क्षेत्र रहने गरी गौरीगञ्ज खानेपानी आयोजना रु २ करोडको सर्वेक्षण सम्पन्न भई डिपीआर तयारी भई प्रकृया अगाडि बढेकोे छ ।
यस्तै भरतपुर महानगरपालिका वडा न.१५ को फुलवारी खानेपानी आयोजना रु२ करोड ६९ लाखको हस्तान्तरण लिई १० कि.मि. पाईपलाईन विस्तार गरी सञ्चालनको तयारी अवस्थामा रहेको छ ।
नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गतको एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत एडिबीको सहयोगमा भरतपुर महानगरपालिका वडा नं.१ को रामनगर, ठिमुरा, देवघाट र भरतपुरका केही क्षेत्र मुख्य सेवा क्षेत्र रहने गरी भरतपुर महानगर र एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग सहकार्यमार्फत जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी आयोजनाको चालु आर्थिक वर्षको अन्त्यमा डिपीआर तयार हुने सम्झौता भएको छ ।
यस्तै भरतपुर खानेपानी व्यवस्थापन वोर्डको आन्तरिक लगानीमा वार्षिक रुपमा खानेपानी विस्तार कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका वडा नं.१ देखि १५ र वडा नं.२२ समेतका सेवा क्षेत्रहरुमा पाईपलाईन विस्तार गरि सेवा वृद्धि गरिएको छ ।
प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं.१ हेटौडा र भरतपुर खानेपानी व्यवस्थापन वोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.५ को कैलाशनगर रु २ करोड ७१ लाखको आनन्दपुर रु २ करोड ४९ लाखको र वडा नं.१५ को मंगलपुरमा ओभरहेड टंकी निर्माणसहित पाईपलाईन विस्तार कार्य सम्पन्न भई सेवा सुचार भएको सञ्चालनमा आएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस