सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • उपेन्द्र यादव नेतृत्वको जसपाको चितवन जिल्ला समिति नै माओवादी केन्द्रमा समाहित
समाचार

उपेन्द्र यादव नेतृत्वको जसपाको चितवन जिल्ला समिति नै माओवादी केन्द्रमा समाहित

चितवन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रमे भुजेलसहित जिल्ला कमिटि नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
सोमबार नेकपा माओवादी जिल्ला पार्टी कार्यालय चितवन, कृष्णपुरमा आयोजित विषेश कार्यक्रमका बीच जिल्ला समिति र भातृ संगठनहरु माओवादी केन्द्रमा समाहित भएका हुन् । समाहित भएका नेता तथा कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायण दाहाल, पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, पोलिटब्युरो सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गर्नु भएको थियो ।
समाहित हुनेमा जसपाका केन्द्रीय परिषद सदस्य लोकबहादुर गुरुङ, जिल्ला अध्यक्ष प्रेम भुजेल, प्रदेश सदस्य विमला मगर, भरतपुर महानगर अध्यक्ष मानस लामा, महिला अध्यक्ष सृजना श्रेष्ठ, विद्यार्थी अध्यक्ष अशोक गुरुङ, कोषाध्यक्ष मनोज पोखरेल, उपाध्यक्ष केशकुमारी गुरुङ, सहसचिव लक्ष्मि गुरुङ, युवा अध्यक्ष विक्रम गुरुङलगायत ५०० जना माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोणबाबु शिवाकोटीले जानकारी दिनुभयो ।
पार्टी समाहित कार्यक्रमलाई सम्बोधन गर्र्दै नेता प्रेम भुजेलले उत्पीडित, दलित, महिला र विपन्न नागरिकको हकहितमा लड्ने पार्टी नेकपा माओवादी केन्द्र मात्रै भएको जिकिर गर्नुभयो ।
नेकपा माओवादी केन्द्रले गरेको १० वर्षे जनयुद्धको जगमा सबै उत्पीडितहरुले समान हक अधिकार प्राप्त गर्न सफल भएको उहाँको भनाई थियो । अन्य पार्टीहरुले उत्पीडित वर्गको मुद्धा उठान गरेपनि यसको असली अधिकार प्राप्त गराउने पार्टी माओवादी मात्रै रहेको भुजेलले ठोकुवा गर्नुभयो । जिल्ला पार्टी कमिटी र ७ वटै स्थानीय तह नै माओवादी केन्द्रमा समाहित भइसकेको उहाँले जानकारी दिनुभयो । मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन सम्पूर्ण कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।
यसैबीच सोमबार नै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सीमा घतान विकको नेतृत्वमा ५० जना कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस