शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सुकुम्वासीकाे नाममा मैले राजनीति गर्दिनँ, अब लालपुर्जा दिने हाे : डा. भाेजराज
समाचार

सुकुम्वासीकाे नाममा मैले राजनीति गर्दिनँ, अब लालपुर्जा दिने हाे : डा. भाेजराज

भरतपुर।
प्रतिनिधिसभा सदस्य चितवन-३ का उम्मेदवार डा. भाेजराज अधिकारीले सुकुम्वासीकाे नाममा आफूले राजनीति नगर्ने बताएका छन् । सधैंका लागि सेवा गर्न चाहेको उनलेे बताए । भरतपुर २४ काे चुनावी सभालाई सम्बाेधन गर्दै उनलेे निर्वाचन लगत्तै लालपुर्जा वितरणका लागि यहाँ आउने प्रतिबद्धता व्यक्त गरे । युवा र महिलाका लागि विशेष याेजना ल्याउने उल्लेख गर्दै डा. भाेजराजले युवाले जेष्ठ नागरिक र बच्चाको संरक्षण गर्ने र
महिलाले परिवारमा सहि संस्कार दिने बताए ।

लाेकतान्त्रिक- बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका उनलेे जनजीविका सुधारका लागि पनि आफूहरू निर्वाचित हुनुपर्ने बताए । उम्मेदवारकाे तुलना गरेर मात्रै मतदान गर्न उनको आग्रह छ । केन्द्रीयदेखि स्थानीय तहसम्म गठबन्धनकै सरकार रहेकोले आफूहरूले नै विकास याेजना एवं नीति निर्माण गर्ने बताए ।

विज्ञापन

यस्तै चुनावी सभालाई सम्वाेधन गर्दै चितवन ३(२) का उम्मेदवार ठाकुरप्रसाद ढकालले माडीको विकास गतिलाई अघि बढाउन चाहेको बताएका छन् । जनताको चाहना अनुसार काम गर्न आफू निर्वाचनमा आएकाे उनलेे बताए । अब खरकाे छानाे हटाएर टिनको छानाे निर्माण गर्न पहल गर्ने ढकालको प्रतिबद्धता छ । कसैको पछि नलाग्न आग्रह गर्दै उनलेे विचारको पछि लाग्न अनुरोध गरे ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस