शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ईच्छाकामना र कालिकाको पहाडी क्षेत्रको विकासमा मुल फुट्दै : मन्त्री घनश्याम दाहाल
समाचार

ईच्छाकामना र कालिकाको पहाडी क्षेत्रको विकासमा मुल फुट्दै : मन्त्री घनश्याम दाहाल

चितवन । श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले चितवन क्षेत्र नं. २ को विकास र समृद्धिका लागि आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन । कालिका नगरपालिा वडा ९ र १० र ११ वडाका विभिन्न ठाँउमा आयोजित चुनावी भेटघाटलाई सम्बोधन गर्दै मन्त्री दाहालले विगतदेखी नै चितवनको विकासका लागि आवाज उठाईरहेको र आगामी दिनमा समेत निरन्तर पहल गरिरहने बताएका हुन ।

आफ्नो ५ वर्षे कार्यकालमा पटक पटकप्रदेश सभामा यहाँको विकासको लागि कुरा उठाउदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने ईच्छाकामना र कालिका नगरको पहाडी क्षेत्रमा विकासमा अब मुल फुट्न सुरु भएको उल्लेख गरे । उनले यो पटक आफूले पर्यटन, कृषि र प्राविधिक शिक्षामा मुख्य जोड दिदै, सबैलाई सीपमूलक बन्न प्रेरित गर्ने खालका योजना अघि सारेको बताए । साथै उनले छिटै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालनका आफू कटिवद्ध भएको स्पष्ट पारे ।

विज्ञापन

उनले आफ्ना कार्यकालमा यहाा सडक सञ्जाल र विजुलीका काम देखिने गरिएको बताउदै शिक्षा, स्वास्थ्य, खेलकुदसहितको विकास जनता माझ प्रस्ट भएको बताए । चितवन क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री दाहालले जनतालाई एकताको भाव दिन गठबन्धन गरिएको बताउँदै बाँकी रहेका कामहरु पुरा गर्न जनताले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरेका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस