शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • डा.विश्व पौडेलको घरदैलो तीव्र, निकुञ्ज एने परिर्वतन गर्ने उद्धघोष, विकासको मुल फुट्ने मतदाताको अपेक्षा
समाचार

डा.विश्व पौडेलको घरदैलो तीव्र, निकुञ्ज एने परिर्वतन गर्ने उद्धघोष, विकासको मुल फुट्ने मतदाताको अपेक्षा

चितवन मंसिर ४ गते हुने निर्वाचनमा डा विश्व पौडेल पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर १ का साझा उम्मेदवार हुन् । योजना आयोगको दुई कार्यकाल उपाध्यक्ष भईसकेका पौडेल निर्वाचित गराउन मतदाता सक्रियता देखाएका छन् ।
अर्थविद् समेत रहेका पौडल उम्मेदवार भएपछि चितवन १ का जनता उत्साही पनि छन् । उनी यहाँबाट उठेसगैँ अब पूर्वी चितवनलाई उचाइमा पुर्‍याउन र राष्ट्रिय स्तरमै यहाँको पहिचान स्थापित गराउन डा.विश्वले नेतृत्वदायी भूमिका खेल्ने भन्दै स्थानीयहरू उनको प्रशंसा गरेका छन् । हुन पनि पौडेलले योजना आयोग उपाध्यक्ष हुदाँ सडक, पुल पुलेसा जस्ता विकासका कार्य मात्र नभएर चितवनलाई चिनाउन रणनीतिक महत्त्वका कामलाई पनि रणनीतिक हिसाबले नै अगाडि बढाएको मतदाताहरु नै बताउछन् ।
पौडलकै पहल कदमीमा अब यहाँको चर्चा मात्र नभई विकासको मुल फुट्ने मतदाताहरू नै बताउँछन् । घरदैलोको क्रममा उनले सबैभन्दा ठुलो समस्याको रुपमा रहेको चितवनकोवासी कै समस्या मानव वन्यजन्तु द्धन्द्ध निस्तेज पार्न निकुञ्ज ऐन नै परिर्वत गर्ने प्रतिवद्धता जनाए ।
चितवनको पहिला सदरमुकाम रहेको झुवानी क्षेत्रमा आयोजित कोण सभामा उनले भने, ढुक्क हुनुहोस वन्यजन्तु ऐन परिर्वतन गर्न कटिबद्ध छु । जति क्षति गरेको त्यहि आधारमा गर्ने व्यवस्था हुनेछ । पुरानो सदरमुकाम चिनाउन देखिने गरि काम हुनेछ ।
म पनि किसानको छोरा हो उनले भने, पहिलाको सदरमुकाम झुवानीको पहिचान स्थापित गराउन रणनीति योजनाका साथ चित्रसारीमा चारलेनको पुल बनाउनेछु । यहाँ मल कारखाना स्थापना गर्ने देखि हरेक दृष्टिकोणबाट विकास गर्ने उनले मतदातालाई बचन दिए । उनीसगैँ माओवादीको तर्फबाट समानुपाति उम्मेदवार लक्ष्मी नेपालीले पूर्वी चितवनको विकासमा गठबन्धनका उम्मेदवार गम्भीरताका समथ एकजुट भई देखिने काम ल्याउने बताईन् । वागमती प्रदेशका मन्त्री समेत रहेका प्रदेश (ख) का उम्मेदवार कृष्ण खनालले पनि पूर्वी चितवनको विकासमा थप नयाँ योजना ल्याउने प्रतिवद्धता जनाए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस