शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • जनताको वास्तविक समस्या सम्बोधन गर्छु : उम्मेदवार डा.अधिकारी
Breaking News

जनताको वास्तविक समस्या सम्बोधन गर्छु : उम्मेदवार डा.अधिकारी

चितवन। प्रतिनिधि सभा चितवन-३ का वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारीले गुनासो नआउने गरी काम गर्ने बताएका छन्। उनले आइतबार चुनावी कार्यक्रममा बोल्दै जनताको वास्तविक समस्या सम्बोधन गर्न पनि आफू निर्वाचित हुनुपर्ने बताए।

जनताको धेरै ठूला-ठूला समस्या नरहेको उल्लेख गर्दै उनले घरको चुल्होमा खुसि पुग्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रत्येक वडामा स्थानिय विशेषता अनुसार योजना अघि बढाउने उद्घोष गरे। लालपूर्जा वितरणका लागि निस्सा बाँडिएकाले निर्वाचन लगत्तै पुर्जा हात-हातमा पुग्ने उनले बताए। जनताको चाहाना अनुसार पारदर्शी हुने ईमानदार जनप्रतिनिधि बन्न चाहेको डा. अधिकारीले बताए।

विज्ञापन

यस्तै गठबन्धन अन्तर्गत क्षेत्र ३ (१) प्रदेशसभा सदस्य उम्मेदवार प्रा.डा. सूर्यकान्त घिमिरेले बाँकी रहेका सडक मर्मतका लागि सबै तहका सरकारसँग समन्वय गरेर पूरा गर्ने बताएका छन्। भरतपुर २० को घरदैलोमा उनले रानी पोखरी र चितवन रंगशाला निर्माण सम्पन्न गरिने, शारदानगर हेल्थ पोष्टलाई स्तरउन्नती र बखान अध्ययन एवं संग्रहालयका रूपमा विकर्सित गरिने प्रतिबद्धता व्यक्त गरे।

विज्ञापन

४६ सालदेखिको सुकुम्बासी समस्या हल गर्न पनि तयार रहेको उनको भनाई छ। कृषिमा विशेष प्राथमिकता निर्धारण गरिएको बताउदै उनले सिंचाइका लागि बोरिङ्ग अनुदान थप विस्तार गरिने बताए। लोकतान्त्रिक-वाम गठबन्धनले भरतपुर २५ अन्तर्गत शुक्रनगर क्षेत्रमा समेत घरदैलो गर्दैछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस