शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • अध्यक्ष प्रचण्डको कार्यभार पूरा गर्न आएँ : डा. अधिकारी
Breaking News

अध्यक्ष प्रचण्डको कार्यभार पूरा गर्न आएँ : डा. अधिकारी

चितवन। चितवन क्षेत्र नम्बर-३ प्रतिनिधिसभा सदस्य गठबन्धनका उम्मेदवार रहेका डा. भोजराज अधिकारीले पार्टी अध्यक्ष प्रचण्डले दिएका कार्यभार पूरा गर्न जनतामाझ आएको बताएका छन्। उनले आफू प्रचण्ड विकासको उत्तराधिकारी भएको उल्लेख गरे। त्यसका लागि युवालाई नेतृत्व दिन उनले अनुरोध गरेका छन्।

निर्वाचित भएपछि जनतासँग सँगसँगै रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। पश्चिम चितवनको पार्वतीपुरमा भएको चुनावी कार्यक्रममा सेवा बाहेक अरू कुनै स्वार्थ नरहेको उनले बताए। विचारले युवा हुने उनको भनाई छ। पहिले डाक्टर भएर सेवा दिएका उनले जनप्रतिनिधि भएपछि जनताको सेवामा थप विस्तार हुने बताए।

विज्ञापन

हार्नेको इतिहास नहुने उल्लेख गर्दै उनले जित्नेको इतिहास बनाउने बताए। मन र मतलाई एकिकृत गर्न सके फरक विम्व तयार हुने उनले बताए। मंसिर ४ गतेसम्म आफूसँग केही नहुने बताएका डा.अधिकारीले त्यसपछि योजना कार्यान्वयनमा केन्द्रीकृत हुने बताए। कार्यक्रममा राष्ट्रिय सभा सदस्य गंगा बेलबासेले बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई निर्वाचित गर्ने गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिइन्। आगामी निर्वाचनका लागि क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका डा. सुर्यकान्त घिमिरे र (ख) मा माओवादीका ठाकुर प्रसाद ढकाल चुनावी मैदानमा छन्।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस