शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई गोरखा २ मा प्रचण्डको जित सुनिश्चित छ : नारायणकाजी श्रेष्ठ
समाचार

प्रचण्डलाई गोरखा २ मा प्रचण्डको जित सुनिश्चित छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताएका छन् ।

बुधबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले गोरखा २ मा अध्यक्ष दाहालको जित सुनिश्चित भएको बताए ।

विज्ञापन

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उहाँ एउटै निर्वाचन क्षेत्र बनाउने र त्यसमा डुबिरहने संसदवादको मान्यतालाई लागू नगर्नका लागि हरेक निर्वाचनमा फरकफरक क्षेत्रबाट उठ्नुभएको बताए । अध्यक्ष दाहाल युवा अवस्थामा गोरखामा शिक्षण पेशामा आवद्ध भएको, जनयुद्ध सुरु गर्ने पहल गोरखाबाटै भएको, नेपालको एकिकरण गर्ने थलो गोरखा भएको लगायतका विभिन्न भावनात्मक कारणले गर्दा गोरखाबाट उम्मेदवार बन्नुभएको उहाँले स्पष्ट पारे ।

विज्ञापन

त्यस्तै, समृद्धि र समाजवादको मोडेल तयार गर्ने उपयुक्त थलो गोरखा भएकाले अध्यक्ष दाहालले गोरखा रोज्नुभएको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस