शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • आफ्नो क्षेत्रबाट राष्ट्रिय राजनीतिमा योगदान गर्न उम्मेदवारी दिए : डा. अधिकारी
समाचार

आफ्नो क्षेत्रबाट राष्ट्रिय राजनीतिमा योगदान गर्न उम्मेदवारी दिए : डा. अधिकारी

चितवन। चितवन-३ प्रतिनिधिसभा सदस्य उमेदवार डा. भोजराज अधिकारीले आफ्नो क्षेत्रबाट राष्ट्रिय राजनितीमा योगदान गर्न जनताको उम्मेदवार बनेर पटिहानी आएको बताएका छन्। सोमबार पटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतासँग अस्पताल जोड्ने, समतामूलक शिक्षा, स्वरोजगार सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका हुन्।

पटिहानीसँग जोडिएको पर्यटन क्षेत्रको विकास गर्न आफूले पहल गर्ने उनले बताए। स्थानिय उमेदवार भएकाले समेत सबैको साथ र सहयोगका लागि उनले अपेक्षा राखेको बताए। यसका लागि निर्वाचित भएपछि योजनाको विस्तृतिकरण गरेर अघि बढ्ने समेत उनले बताए।

विज्ञापन

पश्चिम चितवनको पटिहानी क्षेत्रको विकास र समृद्धिका लागि यहाँका स्थानीयको सहयोग लिने उनले उद्घोष गरे। उनले परिवर्तनकारी परिवर्तनको एजेण्डा लिएर जनतामाझ आएको बताए। कार्यक्रममा राष्ट्रिय सभा सदस्य गंगा बेलबासे, प्रतिनिधिसभा सदस्य समानुपातिक उमेदवार ज्ञानु बस्नेत, माओवादी नेता गोपाल न्यौपाने, रामलाल महत्तो, साजन अधिकारी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस