On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागेका छन : नेता दाहाल
समाचार

माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागेका छन : नेता दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव रेनु दाहालले माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागि परेको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनको १० औँ जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले माओवादी पार्टीका विरोधी, प्रतिक्रियावादी, वर्गवैरीहरुबाट माओवादी आन्दोलनलाई कमजोर बनाउन प्रहार गर्ने क्रम चलिरहेको उल्लेख गर्नुभयो ।

विज्ञापन

नेकपा माओवादी केन्दका चितवन जिल्ला ईन्र्चाजसमेत रहनु भएका दाहालले केही दिनअघि माओवादी परित्याग गरी एमाले प्रवेश गरेका यमबहादुर परियार इन्द्रजीत देशी–विदेशी शक्तिको चङगुलमा परेर पार्टीबाट पलायन भएको बताउनुभयो ।

विज्ञापन

माओवादीको लामो समय जिल्लाको नेतृत्व सम्हालेका परियार परिवर्तनको विरोधी पार्टीको कित्ता पुगेको कुरा आश्चार्य लागेको दाहालको भनाई थियो ।
नेता दाहालले परियारलाई २०६४ को संघिय सांसदको टिकट, राज्यमन्त्री सरहको मध्यवर्ती संस्थाको नेतृत्व र पटक–पटक जिल्लाको नेतृत्व गर्दा पाउँदा पाउदै एमाले प्रवेश गर्नु दुःखद विषय भएको उल्लेख गर्नुभयो ।
परियार एमाले प्रवेश गरेसँगै पहिलो पटक यस विषयमा विचार व्यक्त गर्नु भएका दाहालले पार्टीले प्रदेश सांसद र समानुपातिक सांसदको लागि सिफारिस गरेपनि ठूलो प्रलोभनमा परेर निर्वाचनअघि पार्टी परित्याग गरिएको आरोप लगाउनुभयो ।

नेता दाहालले यम बहादुर परियारलाई इन्द्रजीत बनाउन पार्टीले र जनताले ठूलो लगानी गर्नु परेको उहाँको भनाई थियो । विगतमा पनि पार्टी परित्याग गरी अन्य पार्टीमा गएपनि पुनः पुरानै पार्टीमा फर्किएर आउने क्रम पनि रहेको बताउनुभयो ।

मंसिर ४ गते हुने संघिय निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ३० हजार बढी भारी मतले विजयी गराउने गरी मैदानमा उत्रन महिला कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । चितवनवासीको माग अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै निर्वाचित हुनु होस् भन्ने रहेकाले महिलाहरु चुनावीमोर्चामा अगाडि बढ्नुपर्ने धाराणा राख्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, वागतमी प्रदेशका श्रम तथा रोजगारीमन्त्री घनश्याम दाहाल, प्रदेश सांसद कञ्चन खनाल, पार्टीका प्रदेश कोषाध्यक्ष संगिता भट्टराई, नेता निशा न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस