On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ठेकदारको ढिलासुस्ती र लापरबाहीले सयौँ सडक निर्माणको काम अलपत्र भयो : मेयर रेनु दाहाल
समाचार

ठेकदारको ढिलासुस्ती र लापरबाहीले सयौँ सडक निर्माणको काम अलपत्र भयो : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकदारहरुको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताउनुभएको छ ।
भरतपुर महानगरपालिका १८ मा रहेको मिलन युवा क्लबले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारकै कारण भरतपुरका सयौँ सडकहरु अधुरो र अलपत्र परेको उल्लेख गर्नुभयो ।

मेयर दाहालले महानगरपालिकाले बारम्बार ताकेता गर्दा पनि ठेकदारहरु विभिन्न बहाना बनाएर सडक निर्माणको कामलाई अलपत्र पारेर महानगरपालिको सम्पर्क बाहिरा बसेको बताउनुभयो ।

विज्ञापन

‘तोकिएको समयमा सयौँ सडकहरु अहिले निर्माण सम्पन्न हुनु पथ्र्यो,उहाँले भन्नुभयो,‘ठेक्का भएको छ । काम हुँदैन । ठेकदारहरुले ठेक्का लिने काम नगर्ने परिपाटीले जनताले दुःख पाएका छन् । यसबारे जनप्रतिनिधिलाई गुनासो आउनु स्वाभाविक पनि हो ।’
महानगरपालिकाको काम योजना छनोट गर्ने, बजेट विनियोजन गरी ठेक्का दिने हो, ठेक्का पाएका ठेकदारले काम लिएर विभिन्न बाहाना बनाई होल्ड गरेर बस्ने परिपाटीको देखिएको छ–मेयर दाहालले भन्नुभयो ।

विज्ञापन

अहिले वर्षातको समय भएकाले कालोपत्रे गर्न नमिल्ने भएकाले निर्माण रोकिएको पनि मेयर दाहालले बताउनुभयो ।
ठेकदारहरुले विभिन्न बाहाना बनाएकाले सडक निर्माणका कामहरु रोकिएको मेयर दाहालले जानकारी दिनुभयो ।
‘कहिले वर्षात भयो भन्दै काम रोकिएको छ,‘उहाँले भन्नुभयो,‘कहिले निर्माण सामाग्री अभावको बाहान बनाईन्छ । कहिले निर्माण सामाग्रीको मूल्यवृद्धि भयो भनेर बाहाना बनाइएको छ ।’

भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६ सय १० किमि सडक कालोपत्रे गरेर उदाहरणीय कार्य गरेको छ । पछिल्लो ६ महिनादेखि भरतपुरमा ठेक्का सम्झौता भएका सडकहरु अलपत्र परेका छन् ।
महानगरले निर्माण कार्य रोक्ने ठेकेदारलाई काम अगाडि बढाउन ताकेता पनि गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस