On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • दलहरुको तमासा हेरेर स्वतन्त्रहरु आए : आरजु राणा
समाचार

दलहरुको तमासा हेरेर स्वतन्त्रहरु आए : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलहरुको तमासाले स्वतन्त्रहरु राजनीतिमा आएको टिप्पणी गरेकी छन्। कांग्रेस जिल्ला कार्यसमिति पर्वतको कार्यक्रममा जनप्रतिनिधिलाई निर्देशन सम्बोधन गर्दै दलहरुकै झगडाले स्वतन्त्रलाई ठाउँ मिलेको जिकिर गरेकी हुन्।

 

विज्ञापन

उनले कांग्रेसकै उदाहरण दिँदै आन्तरिक गुटबन्दी, अन्तर्घात र झगडाले स्वतन्त्रहरुलाई राजनीतिमा आउने अवस्था सिर्जना भएको बताइन्।

विज्ञापन

पार्टीभित्र बहस, विवाद र इगो हुने भन्दै तर त्यसकै आधारमा पार्टी छोडेर, झगडा गरेर, तमासा देखाएर जग हँसाउने काम गर्दा स्वतन्त्रको उदय हुन पुगेको उनको तर्क छ। यो कुरालाई मनन गर्न उनले सुझाव दिइन्।

‘विचार मिलेर एउटा पार्टीमा छौं। घनिष्ठता नहुन सक्ला। अर्को पार्टीको मान्छेसँग घनिष्ठता होला। तर विचारको सवालमा हामी एकै हो,’ उनले भनिन्।

उनले थपिन्, ‘मेरो एमाले माओवादीमा धेरै साथी छन्, दोस्ती हुन्छ। तर उनीहरुसँग रिसाउन मिल्दैन। तर विचार मिल्ने साथीसँग दोस्ती नहोला। तर वादविवाद हुनसक्छ। विचार मिल्यो तब हामी एउटै पार्टीमा छौं। हाम्रो पार्टी र नेताहरुले राष्ट्रिय राजनीतिमा गरेको योगदान कस्तो थियो त? हामी सुन्छौं ठूल्ठूलो नेताबीच इगो क्ल्यास हुन्थ्यो। जो मान्छे लिडरसिपमा हुन्छ उति धेरै इगो हुन्छ। इगो भएको मान्छेले इख त लिइहाल्छ। तर इख लियो भन्दैमा पार्टी छोडेर वा नाता नै टुटाउने कुरा त हुँदैन नि।’

आरजुले कांग्रेसमा पछिल्लो समय धेरै वादविवाद गर्ने नेता रामचन्द्र पौडेल र शेरबहादुर देउवा भए पनि पार्टी र देशको सवालमा एकै ठाउँमा आएको स्मरण गराउँदै जिल्लामा पनि यो कुरालाई अनुशरण गर्न आग्रह गरिन्।

‘अहिले तपाइले हेर्नुभयो भने यो पार्टीमा सबैभन्दा लगानी गरेका नेताहरु रामचन्द्र पौडेलजी र शेरबहादुर देउवाजी हो। कति झगडा गर्नुहुन्छ दुईजना? दुई जना बुढा कस्तो बच्चजसरी झगडा गर्थे। तर देशको कुरा आएपछि मिल्छन्। देशको कुरा आउँदा जहिले पनि विचारमा एक हुन्छन्। यो कुरा हामीले पनि सिक्नुपर्छ,’ उनले भनिन्।

पार्टीभित्र सबैको कुरा चित्त नबुझ्न सकिने तर यति हुँदैमा राजनीति नै त्यागेर गाली गर्नुपर्छ भनेर लाग्यो भने त्यो राजनीति धेरै टाढा नजाने उनले बताइन्। ‘हाम्रो ठूलो लक्ष्य के हो हेरेर राजनीति गर्नुपर्छ। समयले कहिले दोस्ती गराउँछ कहिले टाढा पुर्‍याउँछ। तर जति नै बाझे पनि हामी कांग्रेसकै कार्यकर्ता भएर बस्ने हो। अनि किन झगडा बाहिर ल्याएर जग हँसाउने?’ उनले प्रश्न गरिन्।

आरजुले थपिन्, ‘अहिले जुन हामीले देखिरहेका छौं कि इन्डिपेन्डेन्ट आउने, को आउने, के आउने? यही हाम्रो तमासा हेरेर हो। भाइ फुटे गवार लुटे हामीले सुनेकै छौ नि। आफू आफू झगडा गरेपछि अरुले आएर चिह्याउन पाउँछ। यो कुरालाई हामीले मनन गर्नुपर्छ।’

आरजुले आउँदो प्रदेश र संघीय निर्वाचनसम्म सत्ता गठबन्धन जाने स्पष्ट पारिन्। ‘हामीसँग अब धेरै समय छैन। अब आउने निर्वाचनसम्म गठबन्धन जान्छ। अब कति जनाले सेक्रिफाइज गर्नुपर्ला। अब कोही जित्न ठिक्क परेर बसेको हुन्छ। टिकट पाउँदैन। के अब पार्टी नै छोडिदिने? आफ्नै उम्मेदवार हराउन लाग्ने ? हामीले क्षणिक लाभ होइन लामो लक्ष्य हेर्ने हो,’ उनले सम्झाइन्।

नेतृ राणाले सामाजिक सञ्जाल चलाउँदा ख्याल गर्न नेता कार्यकर्तालाई सचेत गराइन्। ‘सोसल मिडिया भन्ने प्रणी अत्यन्तै इन्ट्रेस्टिङ लाग्यो। यसमा अलि केयरफुल हुनुपर्छ। अहिले एउटा स्टाटस लेख्नुहुन्छ। कसैले फोटो बनाएर राखेको हुन्छ। भोलि त्यो ठाउँमा पुग्नुहुन्छ। ठ्याक्कै पठाइहाल्छ। मैले यस्तो भनेको होइन भनेर प्रश्न गर्छ,’ उनले भनिन्।

उनले कांग्रेसका निर्वाचित जनप्रतिनिधिसहित नेता कार्यकर्तालाई सामाजिक सञ्जाल प्रयोग गर्दा बुद्धिमतापूर्वक गर्न सुझाव दिइन्। म पर्सनल कुरा हाल्दिन। पब्लिक भेटघाटका कुराहरुमात्रै हाल्छु। व्यक्तिगत कुराले भोलि समस्या हुनसक्छ,’ उनले आफ्नै अनुभव सुनाइन्।

जनप्रतिनिधिलाई जनताका कुरा सुन्न सुझाउँदै आरजुले भनिन्, ‘नेता बन्ने मान्छेले सुन्न सक्नुपर्छ। सकारात्मक/नकारात्मक दुबै कुरा हुन्छ। गुनासो हुन्छ। दुख परेको, शोक परेको बेला सुन्नुपर्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस