शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • फेसबुकमा फलोअर्स बढाउन मन छ? यो तरिका अपनाउनुहोस्
समाचार

फेसबुकमा फलोअर्स बढाउन मन छ? यो तरिका अपनाउनुहोस्

सामाजिक सञ्जालहरूमध्ये फेसबुक लोकप्रिय छ। फेसबुकमा तपाईंलाई फलोअर्स बढाउन मन छ?

फलोअर्स धेरै भएसँगै तपाईंले पब्लिकमा पोस्ट गर्नुभएको फोटा र अन्य स्टेटसमा बढी लाइक (रियाक्सन) र कमेन्टहरू पाउन सक्नुहुन्छ।

विज्ञापन

अन्य फेसबुक प्रयोगकर्ताहरूले तपाईंको नाम, इमेल, नम्बरलगायत विभिन्न तरिकाले तपाईंको प्रोफाइल भेट्टाउन सक्छन्। अनि उनीहरूले चाहे फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छन्।

विज्ञापन

त्यसरी रिक्वेस्ट पठाउने प्रयोगकर्ताहरूलाई तपाईंले आफ्नो फलोअर्स बनाउन सक्नुहुन्छ। यसको लागि तपाईंले सेटिङ्स मिलाउनुपर्ने हुन्छ। तपाईंलाई आएको फ्रेन्ड रिक्वेस्टहरू असेप्ट गर्नुभयो भने ती व्यक्ति तपाईंको साथी बन्छ।

यसरी मिलाउनुहोस् सेटिङ्सः

– फेसबुक लगइन गरेपछि यसको सेटिङ्समा जानुहोस्।

– सेटिङ्स एन्ड प्राइभेसी भित्र तपाईंले थुप्रै खण्ड देख्न सक्नुहुन्छ। त्यसमध्ये अडियन्स एन्ड भिजिबिलिटी खण्डमा जानुहोस्।

– यसअन्तर्गत रहेको फलोअर्स एन्ड पब्लिक कन्टेन्ट विकल्प थिच्नुहोस्।

– अबको पृष्ठको सबैभन्दा सुरूमै तपाईंले ‘हु क्यान फलो मी’ भन्ने देख्नुहुन्छ। यसको विकल्पमा दिइएको ‘पब्लिक’ विकल्पलाई थिच्नुहोस्।

– यसपछि तपाईंले पुनः अगाडिको पृष्ठमा जानुपर्ने हुन्छ। जहाँ अडियन्स एन्ड भिजिबिलिटी खण्डभित्रै ‘हाउ पिपल क्यान फाइन्ड एन्ड कन्ट्याक्ट यू’ भन्ने देख्न सक्नुहुन्छ। अर्थात् अन्य फेसबुक प्रयोगकर्ता तपाईंको फेसबुक खाता कसरी पत्ता लगाउन सक्छन् भन्ने हो।

– उक्त विकल्पभित्र थप केही विकल्पहरू देख्न सक्नुहुन्छ। त्यसमध्ये सबैभन्दा पहिलो ‘हू क्यान सेन्ड यू फ्रेन्ड रिक्वेस्ट’ अर्थात् कसले तपाईंलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्छ भन्ने विकल्प रोज्नुहोस्।

– यहाँ तपाईंले ‘पब्लिक’ भन्ने विकल्प रोज्नुभयो भने फेसबुक प्रयोगकर्ता जो-कोहीले तपाईंलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छ। र ती व्यक्तिहरूले रिक्वेस्ट पठाउने बित्तिकै तपाईंको फलोअर्स हुन्छन्।

यदी तपाईंलाई आफ्नो साथीको साथीसम्मका प्रयोगकर्ताले मात्र फ्रेन्ड रिक्वेस्ट पठाउन् भन्ने लाग्छ भने दिइएको विकल्पमध्ये ‘फ्रेन्डस अफ फ्रेन्डस’ भन्ने रोज्न सक्नुहुन्छ।

यसरी तपाईंले आफूलाई आएको फ्रेन्ड रिक्वेस्टहरूलाई फलोअर्स बनाउन सक्नुहुन्छ। फेसबुकमा कुनै पनि प्रयोगकर्ताले जम्मा ५ हजार प्रयोगकर्तालाई मात्र साथी बनाउन मिल्छ। फेसबुकका अनुसार यसो गर्दा प्रयोगकर्ताले आफूले वास्तवमै चिनेकाहरूलाई मात्र फ्रेन्ड लिस्टमा राख्नेछन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस