चितवन। ज्यान मार्ने धम्की दिई रकम मागेको आरोपमा तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने वर्ष २७ को सरोज सुनार, जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ०१ बस्ने वर्ष २६ को दिपक बि.क.र जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २५ को सागर बि.क रहेका छन् ।
उनीहरुले निरन्तर धम्की दिन थालेपछि गुप्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा उजरी दिएका थिए । लगत्तै प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा विशेष प्रहरी टोली परिचालित भई विभिन्न प्रविधीको प्रयोग तथा सूचना संकलन तथा शंकित व्यक्तिको निगरानीबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिएका छन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु