On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जनआन्दोलनमा आँखाको रेटिना गुमाएका प्रकाश
समाचार

जनआन्दोलनमा आँखाको रेटिना गुमाएका प्रकाश

चितवन । विस २०५९ सालमा नेपालमा जनयुद्ध चरम उत्कर्षमा थियो । सरकारले बेल्जियम सरकारसँग आधुनिक हतियारका लागि प्रस्ताव पेश गर्यो । त्यो प्रस्ताव बेल्जिम सरकारले संसदमा लग्यो । संसदमा त्यो प्रस्ताव पारित गर्न बैठक चलिरहेका समय बेल्जियम रहेका केही नेपाली युवा त्यहाँ पुगे । नेपालमा हतियार पठाउन हुन्न भन्दै युवाहरु प्ले कार्डसहित विरोध गर्दा त्यहाँको प्रहरीले उनलाई गिरफ्तार ग¥यो । ६ हप्ता हिरासतमा राख्यो ।
उक्त आन्दोलनको कार्यक्रम जनप्रगतिशिल मञ्च बेज्जियमको आयोजनामा भएको थियो । आन्दोलनमा पक्राउ पर्नेमा जनप्रगतिशील मञ्च बेल्जियमका पदाधिकारी र सदस्य थिए । ती मध्ये एक थिए प्रकाश दवाडी । यो समूहले नेपालीमा भईरहेको सशस्त्र जनयुद्धलाई सर्मथन गथ्र्यो । संसदमा विरोध गर्न पुगेका दवाडीलाई त्यहाँको सरकारले नेपालमा डिपोट गर्यो ।
त्यसपछि दवाडी काठमाडौँमा आएर करिब ३ वर्ष मानवअधिकारको क्षेत्रमा काम गर्न थाले । त्यसपछि सरकार र युद्धरत माओवादीबीच युद्ध विराम भयो । त्यसको केही समयमा मुलुकमा विस २०६२ साल चैत २२ गतेदेखि १९ दिने जनआन्दोलन सुरु भयो । देशका विभिन्न ठाँउमा आन्दोलनले गति लियो । चितवनमा पनि अन्दोलन चर्की रहेको थियो । चैत २७ गते चितवनको पुलचोकमा आन्दोलनकारी माथि प्रहरीले लाठी चार्ज गर्यो । मध्यान्नको त्यो घाममा प्रहरीको लाठी भतरपुर १३ का एक युवा माथि बज्रियो । ती युवा थिए, भरतपुर १३ का निवर्तमान अध्यक्ष उनै प्रकाश दवाडी । टाउकोमा भएको लाठी चार्जले दवाडीको आखाँको रेटिना (आँखाको पर्दा) मा समस्या आयो । उनले देब्रे आँखा एक दमै कम देख्छन् ।
सरकारले उनलाई जनआन्दोलनको २० प्रतिशत घाईतेको सुचीमा वर्गीकरण गरेको छ ।
को हुन् प्रकाश दवाडी ?
भरतपुर महानगरपालिकाको वडा १३ मा विस २०३१ भदौ २८ बुवा स्व खडानन्द दवाडी र आमा नारायणी दवाडीको कोखबाट माईलो छोराको रुपमा जन्म भएको थियो । उनको एक बहिनी र चार जना दाजुभाई छन् ।
दवाडीको प्रराम्भिक शिक्षा नारायणी विद्या मन्दिर शिवनगरबाट भएको थियो ।
दवाडीले भारतको सम्पुर्णानन्द विश्वविद्यालय बानरसबाट आइएसम्मको अध्ययन गरेका छन् । भरतपुर १३ का स्थायी बासिन्दा दवाडीका परिवारमा हाल आमा, श्रीमती र एक छोरा र छोरी रहेका छन् ।
सानैदेखि कम्युनिष्ट राजनीतिमा चाख राख्ने दवाडी २०६९ सालमा स्थानीय बाटुली पोखरी सामुदायिक वनको अध्यक्ष भएर काम गरे । दवाडीले २०७० सालमा नेकपा (माओवादी केन्द्र) साविक पटिहानी गाविसको अध्यक्ष भएर काम गरेका छन् । त्यस्तै चितवन¬–काठमाडौँ सम्पर्क मञ्चको सचिवालय सदस्य भएर काम गरिसकेका छन् । हाल नेकपा माओवादी केन्द्र जिल्ला समवन्य समिति चितवनको सदस्य रहेका दवाडी भरतपुर १३ मा सरल, निडर र स्वच्छ छवि भएका व्यक्तिका रुपमा परिचित छन् । उनै दवाडी वैशाख ३० गते हुन गई रहेको स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धको भरतपुर १३ को साझा उम्मेद्वारको रुपमा मैदानमा छन् । भरतपुर वडा नम्बर १३ को सफल वडा अध्यक्षका रुपमा काम गरेका दवाडीले यो अवधिमा धेरै महत्वपूर्ण कामहरु गरेका छन् । वडामा ३३ किलो मिटर कालोपत्रे सडक निर्माण भएको छ । त्यस्तै यहाँको पर्यटन प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु पनि गरेका छन् । त्यस्तै स्वास्थ्य चौकी निर्माणका लागि उनको आमाले जग्गा पनि दान दिएकी छिन् । दवाडी आफुले थालानी गरेका काम पुरा गर्न पुनः अध्यक्षको उम्मेद्वार बनेको बताँउछन् ।

यस्ता छन् दवाडीका योजना
वडामा निर्वाचित भएसँगै यस क्षेत्रलाई कृषिको हब बनाउन कृषकहरुलाई अनुदानमा मल, बीउ, लगायतका सामाग्री वितवरण गर्ने लक्ष्य रहेको दवाडी बताउँछन् । कृषिलाई उद्योगमा परिणत गर्ने लक्ष्य राखेको पनि उनी बताउछन् । वडामा रोजगारी सिर्जना गरी यहाँका आदिबासी, जनजाती, विपन्न वर्गको जीनव उकास्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्छन् । कृषि उत्पादनलाई बजारीकरण गर्ने प्रथामिकतामा राख्ने उनी बताउँछन् । त्यस्तै वडाको राप्ती तटिय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरेर महानगरको पर्यटकीय गन्तव्य बनाउने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्छन् । उनले वडामा वर्षमा ३ दर्जन होमस्टे निर्माण गर्ने अभियान नै चलाउने बताउछन् । वडामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन र विपन्नहरुलाई आयमुखी बनाउन यो अभियान सुरु गर्ने बताउँछन् । त्यस्तै वडामा सबैलाई रोजगारी दिने गरी वडा स्वरोजगार कार्यक्रम ल्याउने उनको योजना छ । केही वडा स्तरीय पर्यटकीय पूर्वाधार निर्माण भईसकेको छन् भने पर्यटकीय क्षेत्र बनाउन वडा अघि बढ्ने उनी बताउँछन् ।महिला,अपाङ, बालबालिका, युवा, सिमान्तकृत, दलित वर्गको र विभिन्न भाषा, भेषभुषाको उत्थानका लागि जोडदार कार्यक्रम ल्याउने योजना रहेको उनी बताँउछन् ।
यस्तै विगतको कार्यकालमा अधुरा अपुरा रहेका कामलाई निरन्तरता दिई भरतपुरको नमुना वडा बनाउने गरी अगाडि बढ्ने उनको चाहना छ ।

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस