On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘एमाले अध्यक्ष ओली न्यायाधीश होइन, अभियुक्त हो’ : महामन्त्री थापा
समाचार

‘एमाले अध्यक्ष ओली न्यायाधीश होइन, अभियुक्त हो’ : महामन्त्री थापा

काठमाडौँ  । कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली न्यायाधीशको शैलीमा प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् । उनले अहिले जनताले फैसला सुनाउने बेला भएकाले न्यायाधीशले जस्तो फैसला सुनाउँदै नहिँड्न ओलीलाई महामन्त्री थापाले सुझाव दिएका छन् ।

 

विज्ञापन

 

विज्ञापन

काठमाडौं महानगरपालिकामा मंगलबार आयोजित चुनावी सभामा महामन्त्री थापाले नेताले जवाफ दिने र जनताले प्रश्न सोध्ने बेला चुनाव भएको बताए । ‘चुनाव भनेको प्रश्न गर्ने, जवाफ खोज्ने बेला हो । चुनावमा पनि नेताले नै आएर प्रश्न गर्छ भने त्यसको अर्थ छैन,’ उनले भने, ‘नेता न्यायाधीश होइन । एमालेको अध्यक्ष तथा पूर्वप्रधाानमन्त्री केपी शर्मा ओली न्यायाधीश होइन, अभियुक्त हो । यो बेलामा उहाँ कठघरामा उभिनुभएको बेला हो । फैसला सुनाउने पालो जनताको हो ।’

 

जनताले पाँच वर्ष गरेका कामको जवाफ माग्नुपर्ने थापाको भनाइ थियो । ‘वैशाख ३० गते जनताले फैसला सुनाउने हो । फैसला सुनाउने तागत जनताले राखेनन् भने निर्वाचनको अर्थ हुँदैन,’ उनले भने ।

२०७४ सालमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘मासिक सुरक्षा भत्ता ५ हजार, घरघरमा अचम्मको सियो र गजबको चुलो । महानगर झिलिक्क घरघर टिलिक्क’ बनाउने वाचा गरेको एमालेले कति काम गरेको हो ? भनेर प्रश्न गर्नुपर्ने उनको भनाइ थियो । काठमाडौंका महानगर प्रमुख शाक्यको पालामा ‘चार वर्षमा सिन्को पनि भाँचिएन’ भन्ने केशव स्थापित भोट माग्दै हिँडिरहेको थापाको भनाइ थियो ।

अबका चुनावमा एमालेको सजाय पाउने पालो भएको थापाको भनाइ थियो । २०५१ मा कांग्रेस र २०७० सालमा माओवादीले झैं २०७९ सालमा एमालेले जनताबाट सजाय पाउनुपर्ने उनले बताए । ‘पाँच वर्ष एमालेले देश चलाए जस्तै काठमाडौं महानगरपालिका चलायो,’ उनले भने ।

 

कोरोनाको समयमा जनता लकडाउनमा भएका बेला र चार सय किलोमिटर हिँडेर श्रमिक सिन्धुपाल्चोकबाट कैलाली जाँदै गर्ता त्यतिबेलाको सरकारको नेतृत्व गरिरहेको नेकपा सांसद अपहरण गरिरहेको थापाले बताए । ‘सरकार चलाउनेले मास्क, पीपीई, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने ? अपराधी, चोरले पनि आफ्नो भन्सार खोलेर दिन्छ भन्छ महामारी लागेको बेला । मास्कमा पैसा खाने सरकार, कतार र मलेसियामा अलपत्र बनेर बसिरहेका युवकहरूलाई चार्टर्ड फ्लाइटमा काठमाडौं ल्याउँदै गर्दा त्यसमा ठग्ने सरकार । पाँच हजार मानिसलाई मृत्यु वरण गराउने सरकार,’ उनले भने, ‘तपाई र म लकडाउनमा थियौं काठमाडौंमा, त्यो बेलामा नेकपाको सरकारले सांसद अपहरण गर्दै थियो । त्यो बेलामा संसद् भंग गर्दै थियो । चार सय किलोमिटर हिँडेर श्रमिक सिन्धुपाल्चोकबाट कैलाली जाँदै थियो, हामी लकडाउनमा थियौं सरकार संसद् अपहरण गर्दै थियो । त्यो दिन बिर्सिने हो ?’

पाँच वर्षमा के-के काम गरेको हो भनेर जवाफ दिनुपर्ने कांग्रेस महामन्त्री थापाको माग थियो । उनले पाँच वर्ष पहिले फोहोर सफा गर्छु भनेर गएको एमाले अहिले फेरि एक वर्षमा फोहोर सफा गर्छु भनेर भाषण गरिरहेको भन्दै जनतालाई जे पायो त्यहि नभन्न आग्रह गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस