On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर महानगर प्रमुख पदका उम्मेद्वार रेनु दाहालको जित निश्चित
समाचार

भरतपुर महानगर प्रमुख पदका उम्मेद्वार रेनु दाहालको जित निश्चित

काठमाडौँ ।  चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेनु दाहालले जित्ने निश्चित भएको छ ।  नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेका अनुसार रेनु दाहालसहितको गठबन्धनको सबै टीम भारी मतले विजयी हुन्छ ।

उनले कांग्रेसको सबै पंक्ति चुनावमा खटिएको बताउँदै बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा लागेका नेताहरु पनि घट्दै गएको दाबी गरे ।
भरतपुरमा रेनु दाहालसहितको टीम भारी मतले विजयी हुन्छ, न्यौपानेले घोषणा गर्दै भने, कांग्रेसको सबै पंक्ति चुनावमा खटिएको छ, अन्तर्घात होला भनेर नसोचे हुन्छ। सबैलाई राजनीति गर्नैपर्ने छ, पार्टीको निर्णय नमान्ने भन्ने हुँदैन ।

विज्ञापन

भरतपुर महानगरपालिका–१५ मंगलपुर, १० शिवनगर, गुञ्जनगर, शुक्रनगर लगायतका क्षेत्रका स्थानीयहरुले पनि चुनावमा रेनुलाई नै मत दिने घोषणा गरे ।
विकास, निर्माण, भौतिक पुर्वाधारमा गरेको लगानीले चितवन अर्कै भएकोले यसपटक रेनुबाहेकलाई मत नदिने ठोकुवा गरे ।
हाम्रो भोट यसपटक रेनुलाई जान्छ, बाहिर देखाएर हाल्नुपर्छ भने पनि तयार छौँ, यति विकास गर्ने मेयरलाई भोट दिएर जिताएर अर्काे कार्यकाल काम गर्न पठाउँछौँ,उनीहरुले एकैस्वरमा भने, यो पटक पार्टी हेर्दैनौँ । हामी रेनुकै पक्षमा मत दिन सबैलाई आह्वान पनि गछौं ।

विज्ञापन

 

चितवनको भरतपुरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल एकातिर छन् भने अर्कातिर एमाले र राप्रपाको गठबन्धनबाट एमालेका विजय सुवेदी मेयरमा उठेका छन्।

 

भरतपुरका २९ वटै वडा घुमेपछि रेनुको पक्षमा माहोल उलिएको देखिन्छ । उनको पक्षमा स्थानीहरु दिल खोलेर चर्काे घाममा पनि खटिएका छन् । एमालेको गढमा पनि रेनु
भरतपुरको ११, १२ वडा एमालेको गढ भएको दाबी गरेको छ ।
तर, त्यही गढमा पनि एमालेका विजय सुवेदीलाई मत नदिने रेनुलाई मत दिने स्थानीयले बताए । वडाध्यक्षमा एमालेकै उम्मेदवारलाई मत दिन्छौं तर, मेयरमा रेनुलाई नै दिने हो, रेनुले यहाँको विकासमा कायापलट गर्नुभएको छ ।
उनीहरुले रेनुजस्तो नेता चितवनले फेरि पाउने संभावना नदेखेको पनि बताए । रेनुजस्तो नेता हामीले पाउँदैँनौ, यस्तो विकास, निर्माण गर्ने नेता फेरि आउँदैनन् ।

 

चितवनमा निर्णायक मत कांग्रेससँग छ । कांग्रेस एकढिक्का भएर चुनावमा होमिएको छ । माओवादी केन्द्र चितवनमा एक ढिक्का छ । गठबन्धनमा सबैभन्दा बढी मिलेको चितवन नै रहेको कांग्रेस सभापति राजेश्वर खनालले बताए ।
अन्तर्घात हुने शंका गर्नुपर्दैन, यसपटक कांग्रेसले एक छापे भएर रेनु लगायतको टीमलाई मत दिन्छ, उनले भने, हामीले मत दिने तरिका सिकाएका छौँ ।

रेनुले व्यक्तिगत मत पनि बढाइन

नाम बताउन नचाहेका अर्का चितवनका एक कांग्रेस नेताले बताए अनुसार यसपटक भरतपुरमा रेनुले नसोचेको व्यक्तिगत मत ल्याउने खुलासा गरे ।
कसैले सोचेको छैन, यसपटक रेनुले नसोचेको व्यक्तिगत मत ल्याउँछिन, त्यो मत देखेर एमाले चकित पर्नेवाला छ, एमालेले चितवनमा माओवादीलाई तेस्रो स्थानमा राखेको छ, तर माओवादी निकै बलियो यो पाँच वर्षमा भएको कसैले हिसावकिताब गरेको छैन।
रेनुलाई मत दिन्छु भन्ने अधिकांस कांग्रेस छन् ।

स्वतन्त्र र बुद्धिजीवीको नजरमा रेनु नै राम्रो

भरतपुरमा रेनुको भिजन देखेर बुद्धिजीवीहरु पनि उनकै पक्षमा खुलेका छन् ।  सबैलाई मिलाउन सक्ने, सबै वडामा समानान्तर रुपमा विकास गर्ने रेनु नै भरतपुरको मेयर हो, एक विद्यालयका प्रधानान्यापकले भने, बजार क्षेत्रमा पनि रेनु, ग्रामिण क्षेत्रमा पनि रेनु नै रेनु हो ।
आफूलाई स्वतन्त्र भन्न रुचाउने केहीले पनि यसपटक रेनुकै पक्षमा खुल्ने र मत दिने निर्णय गरेको बताए । आचारसंहिता लागे पनि लागोस् म त ३० गते भोट हाल्ने दिन फेसबुकमा लेखेर रेनुजीकै लागि भोट माग्ने हो, ती स्वतन्त्र व्यक्तिले भने ।
चितवनका शिक्षक, विद्यार्थीहरु रेनु जिताउनैपर्ने भन्दै घरदैलो अभियानमा स्वतस्फूर्त लागेका छन् । भरतपुरका सबै व्यवसायीले पनि अन्तिमसम्म रेनुकै पक्षमा मत दिन अपिल गर्ने बताए ।
हामी भरतपुरको विकासे चमत्कारबाट प्रभावित छौँ, उहाँलाई दोस्रो कार्यकालका लागि मत दिन्छौ मात्र होइन सार्वजनिक रुपमा रेनु जिताउन अपिल पनि गछौँ, एक व्यवसायीले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस