बुधबार, भदौ १०, २०८२
  • होमपेज
  • समाचार
  • एमाले अध्यक्ष केपी ओली आज चितवन आउँदै,क्याम्पाचौरमा जनसभा हुने
समाचार

एमाले अध्यक्ष केपी ओली आज चितवन आउँदै,क्याम्पाचौरमा जनसभा हुने

चितवन।

 

विज्ञापन

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

विज्ञापन

 

 

 

नेकपा एमालेको जनसभा र चुनावी तयारीबारे जानकारी दिने उद्देश्यले एमालेको जिल्ला प्रचार विभागले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो । सभामा भरतपुर महानगरका २९ वटै वडाबाट कार्यकर्ता उपस्थित हुने एमाले चितवनले जनाएको छ ।

सभालाई एमाले उपाध्यक्ष राम बहादुर थापा वादल,सुरेन्द्र पाण्डे लगायतका केन्द्रिय नेताहरु र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले सम्बोधन गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस