सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • ‘ए मेरो हजुर ४’को उत्कृष्ट ट्रेलर, अनमोल–सुहानाको रोमान्स र विछोड
समाचार

‘ए मेरो हजुर ४’को उत्कृष्ट ट्रेलर, अनमोल–सुहानाको रोमान्स र विछोड

वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजना भएको कार्यक्रममा नायक अनमोल केसी र नायिका सुहाना थापाको लभ स्टोरी फिल्मको ट्रेलर सार्वजनिक भएको हो । झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

फिल्मको ट्रेलरलाई एउटा पूर्ण प्याकेजको रुपमा तयार पारिएको छ । ट्रेलरमा अनमोल र सुहानाको प्रेम, सलोन बस्नेतको कमेडीको साथमा विछोडको पीडा समावेश गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा उपस्थित पत्रकार, फिल्मीकर्मी र दर्शकले यसलाई उत्कृष्ट भनेका छन् ।

विज्ञापन

फिल्ममा सलोन बस्नेत, रवि गिरी, रेयर राई लगायतका कलाकारको पनि मुख्य भूमिका छ । साहिल खानले तयार पारेको ट्रेलरले फिल्मको ओपनिङ व्यापारमा ठूलो मद्दत गर्ने देखिएको छ ।

विज्ञापन

फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन, हिमाल केसीको एक्सन निर्देशन छ । फिल्मको ट्रेलरलाई लिएर नायक अनमोल केसी र नायिका सुहाना थापाले खुशी व्यक्त गरे ।

यसअगाडिका ३ सिरिज सुपरहिट भएको फिल्मको चौथो सिरिजले साउथको प्रतिक्षित फिल्म ‘केजीएफ २’सँग प्रतिस्पर्धा गर्दैछ । तर, निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापा नेपाली दर्शकले राम्रो नेपाली फिल्मलाई माया गर्नेमा ढुक्क छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस