बुधबार, भदौ ३१, २०८२
  • होमपेज
  • समाचार
  • २० भन्दा बढी मजदुर नेताद्धारा एमाले परित्याग, एकीकृत समाजवादीमा प्रवेश
समाचार

२० भन्दा बढी मजदुर नेताद्धारा एमाले परित्याग, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भूत्ते भएको एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको बताएका छन् ।

विज्ञापन

पार्टी कार्यालयमा बिहीबार उदयपुरका २० बढी नेता तथा कार्यकर्ताहरु पार्टी आवद्ध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताएका हुन् ।

विज्ञापन

पार्टीको केन्द्रीय कार्यालयमा उदयपुरवाट प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले क्रान्तिकारी बाटोवाट विचलित भएको एमाले परित्गाग गरी हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताए ।

नेता नेपालले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिइने भन्दै आज सबैतिर एमाले परित्याग गर्ने र एकीकृत समाजवादी प्रवेश गर्नेको लहर चलिरहेको बताए ।

अरु पार्टी परित्याग गरि एकीकृत समाजवादीमा समाहित हुनेको लहर चलिरहेको छ । पार्टीको केन्द्रीय कार्यलयमा दिनुहँजसो पार्टीमा प्रवेश गर्नेहरुको ताँति लाग्ने गरेको उनले बताए ।

आफूहरुसंग इतिहासको रथ र नदिको प्रवाहलाई पछाडि धकेल्नेहरुका विरुध्द गतिशिलता हाम्रो लक्ष उदेश्य भएको भन्दै अध्यक्ष नेपालले कसैले यसको प्रवाहलाई रोकेर रोक्न नसक्ने बताए ।

उनले देश निमार्ण गर्ने अभिभारा, समाज परिवर्तन गर्ने अभिभारा अब हाम्रो काँधमा आएको, इमानदार कम्युनिष्टहरुको काधमा आएको, क्रान्तिकारी विद्रोही चेत भएका कम्युनिष्टहरुको काँधमा आएको बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीहरुलाई स्वागत गर्दै उहाँहरुलाई यथोचित स्थान दिने बताए ।

कार्यक्रममा एमाले परित्याग गरी मजदुर संगठनका केन्द्रीय सदश्यहरु किशोर चाम्लिङ, राजु राई विप्लब माओवादी सम्पर्क मंचका नेता सूर्यमान बम्जन लगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष एबं पूर्व प्रधानमन्त्री

माधवकुमार नेपाल र पार्टी केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाको हातवाट टीका र खादा ग्रहण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस