काठमाडौ ।
बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ।
विज्ञापन
त्यसमापनि भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । सन् २०२१ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको हो । सन् २०१६ देखि नै लगातार नेपाल पहिलो स्थानमा छ ।
विज्ञापन
०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो भएको नेपालको पर्यटन व्यावसाय माथि उक्लदै गएको थियो । फेरी विश्वव्यापी महामारीले असर गर्यो ।
यो नेपालका लागि मात्र हैन विश्वभरीकै लागि हो । यही अवस्थामापनि नेपाल नै पहिलो गन्तव्य रहेको भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य सुन्दर देश भनेको छ । रफ गाईडले नेपालको ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य केन्द्र भनेको छ ।
भूकम्पले आफ्ना प्रियजन गुमाउनुको पिडा, अथाह धनजनको क्षति, महामारीका कारण आफन्त गुमाउनुको पिडा, लकडाउनले आर्थिक अवस्था ठप्प हुनुका बाबजुत पनि नेपाली जनताको आत्मिय स्वागत र व्यवहारलाई पनि नेपाली पर्यटन क्षेत्रको सुन्दर र सबल पक्ष भनेको छ ।
विभिन्न हिम श्रृँखला, जंगली जनावर तथा विविधताले भरिपूर्ण नेपाली जंगलहरुलाई पर्यटनका लागि उत्कृष्ट रहेको बताईएको छ । रफ गाइडको १० देशको सूचीमा नेपाल पहिलो, कोलम्बियालाई दोस्रो नम्बरमा राखिएको छ ।
क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा परे पनि भारतलाई भने १० औ सुचिमा अटाउन सकिएको छैन ।
फेसबुक प्रतिक्रियाहरु