Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाचार
  • बतास समूहलाई नारायणहिटी बुझाउँने योगेश भट्टराईलाई कारबाही हुनपर्छ : मेटमणी चौधरी
समाचार

बतास समूहलाई नारायणहिटी बुझाउँने योगेश भट्टराईलाई कारबाही हुनपर्छ : मेटमणी चौधरी

नेकपा एकिकृत समाजवादी पार्टीका नेता मेटमणी चौधरीले नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट बनाउँन दिने तत्कालिन संँस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई कारबाहीको माग गरेका छन् ।

भट्टराईले बतास समूहको कमिसनको चक्करमा परेर नारायणहिटी भित्रै रेस्टुरेन्ट बनाउँन दिएको भन्दै चौधरीले यो केसमा उनलाई कारबाही हुनै पर्ने जिकिर गरेका छन् । पूर्ववर्ती सरकारले गरेको खराब कामलाई अहिलेको सरकारले करेन्सन गरेको भन्दै चौधरीले गल्ती गर्ने पात्र कारबाही बाट उम्कन नपाउँने बताएका छन् ।

विज्ञापन

योगेश भट्टराईले यो मामिलामा आफ्नो कुनै संल्लग्नता नरहेको भनेर प्रष्टिरकण दिएको बारे आफुलाई जानकारी रहेको भन्दै नेकपा एसका नेता चौधरीले मन्त्री हुने बेलामा हुने, पद चाहिने बेलामा चाहिने अनी अहिले मैले गरेको होइन भनेर उम्कन मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

विज्ञापन

योगेश भट्टराईनै मन्त्री भएका बेलाृ बतास समूहलाई नारायणहिटी लिजमा दिने निर्णय भएको भन्दै चौधरीले अहिले उनले मैले गरेको होइन भनेर उम्कन नमिल्ने बताएका छन् । विभागिय मन्त्री जो हुँदा यस्तो निर्णय भएको छ यसको जिम्मा उसैले लिनु पर्ने भन्दै चौधरीले योगेशले कुनै हालतमा यस बाट उम्कन नपाउँने बताएका छन् ।

मोटो कमिसन खाएर यस्तो निर्णय गरिएको हुन सक्ने भन्दै नेता चौधरीले यस बारे विस्तृत अनुसन्धान भएर कारबाही हुनु पर्ने बताएका छन् । बतास समूहलाई होइन कमिसन खाएर यस्तो अनुमती दिनेहरुलाई चाहिँ कारबाही गर्नु पर्ने चौधरीले भनेका छन् ।

यो केसमा बतास समूहलाई कुनै कारबाही गर्नु पर्ने कुनै जरुरी छैन , उनीहरु व्यापार गर्ने मान्छे हुन् व्यवसायिक मान्छेले के गर्दा आफुलाई बढि नाफा हुन्छ भनेर यस्तो काम गर्न खोज्छ तर कसले के उदेश्यले आफुलाई प्रभावमा पार्दैछ भन्ने वुझ्दै नबुझी कमिसनको लोभमा स्विकृती दिनेहरुलाई चाँही कारबाही हुन पर्छ । चौधरीले भनेका छन् ।

यता विभागिय मन्त्री प्रेम आलेले नारायणहिटी भित्र रेस्टुरेन्ट बनाउँन खोज्ने बतास समूहलाई आफुले कुनै पनि हालतमा रोक्ने प्रष्ट पारेका छन् । सरकारी सम्पत्ती माथी पावरको दुरुपयोग गरेर मनलाग्दी गर्न कुनै पनि हालतमा नदिने आलेले बताएका छन् । यो बिषया भएको के हो सत्यतथ्य बुझि ३ दिन भित्र प्रतिवेदन दिन मन्त्री आलेले छानविन समितीनै बनाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस