मङ्लबार, कार्तिक २४, २०८३
  • होमपेज
  • समाचार
  • जहाज किन्दा एक रुपैयाँ पनि तलमाथि गरे राजनीतिबाट सन्यास लिन्छु : मन्त्री आले
समाचार

जहाज किन्दा एक रुपैयाँ पनि तलमाथि गरे राजनीतिबाट सन्यास लिन्छु : मन्त्री आले

काठमाण्डाै । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ । आज शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटो भन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताउनुभयो ।

विज्ञापन

उहाँले जहाज खरिदका लागि गृहकार्य अगाडि बढेको बताउनुभयो । जहाज खरिदमा कुनै पनि प्रकारको कमिसनकाे खेल नगर्ने भन्दै उहाँले अनियमितता भएमा आफू सजाय भाेग्न तयार रहेको बताउनुभयो । मन्त्री आलेले ग्राउन्डेड भएको जहाजहरूलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, ‘निगमको अध्यक्षज्यूलाई निर्देशन दिएको छु । छिटो भन्दा छिटो बिजनेस प्लान ल्याएर कम्तीमा १५ वटा जहाज जति खरिद गरेर ल्याउने । एअरपोर्टमा राख्ने, सबै पार्टीका मान्छेलाई बोलाउने र त्यहाँ भाषण गर्ने । विगतको जस्तो यो वाइडबडी होइन । यसमा कुनै कमिसनको खेल भएको छैन । यो जहाजमा एक रुपैयाँ पनि तलमाथि भएको छ भने राजनीतिबाट सन्यास मात्र होइन, प्रेम आले सजाय भाेग्न तयार छ भनेर म भन्न चाहन्छु । त्यसको लागि हामीले गृहकार्य गरिराखेका छौँ । निगमलाई भनेको छु, छिटो गृहकार्य गर्नुस् ।’

उहाँले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने बताउनुभयो । भैरहवा विमानस्थलमा सरकारले छिटो भन्दा छिटो परीक्षण उडान सञ्चालनमा ल्याउन चाहेको मन्त्री आलेले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस