मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाचार
  • महासचिवमा प्रचण्डको पहिलो रोजाइ को?
समाचार

महासचिवमा प्रचण्डको पहिलो रोजाइ को?

काठमाडौं। 

नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा चलिरहेको छ। जारी महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उत्तराधिकारी कसलाई बनाउने भन्ने बहस राजनीति वृत्तमा व्यापक बनेको छ।

विज्ञापन

 

विज्ञापन

 

माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव हो। जारी महाधिवेशनमा महासचिवका लागि ६ जनाले दाबी गरेका छन्। माओवादी स्रोतका अनुसार कृष्ण बहादुरमहरा, वर्षमान पुन ‘अनन्त’, पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’, गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल महासचिवका आकांक्षी हुन्। तर प्रचण्डले वर्षमान, जनार्दन र पम्फामध्ये एकलाई महासचिवको जिम्मेवारी सुम्पिने तयारी गरेको बताइन्छ। त्यसो त पूर्वसभामुखसमेत रहिसकेका कृष्णबहादुर महारले आफूलाई महासचिव बनाउनुपर्ने कडा सर्त राखेका छन्। उनले पहिलो नम्बरमा महासचिव र त्यो नभए वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने माग प्रचण्डसँग राखेको स्रोतको दाबी छ।

महरा यसअघि नै महासचिव भइसकेकाले उनलाई प्रचण्डले बढुवा गर्ने तयारी गरेको बताइन्छ। वर्षमान भने स्वास्थ्य समस्याका कारण चीनमा उपचाररत छन्। महाधिवेशन प्रतिनिधि र छिमेकी देश चीनको पनि वर्षमानलाई महासचिव बनाउन दबाब रहेको सञ्चारमाध्यमहरुमा आइसकेका छन्। स्वास्थ्य समस्याकै कारण प्रचण्डले जनार्दन र पम्फामध्ये एक जनालाई महासचिव बनाउनसक्ने स्रोतको भनाइ छ। ‘सबैतिरबाट विश्लेषण गर्दा महसचिवमा जनार्दन र पम्फामध्ये एक जना हुनसक्ने सम्भावना छ,’ स्रोतको दाबी छ। यी दुई नेता प्रचण्डका ‘खास’ मान्छेसमेत भएको बताइन्छ।

वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ बलिया उम्मेदवार हुन्। त्यसबाहेक महरासहित पुन, भुसाल, मातृका यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेललगायतले उपाध्यक्षमा दाबी प्रस्तुत गरेका छन्।

अध्यक्षमा भने प्रचण्ड दोहोरिने लगभग पक्का भएको छ। महाधिवेशन प्रतिनिधिहरु र स्वयं माओवादीका शीर्ष नेताहरुले पनि अहिल्यै नेतृत्व नफेरिने बताइसकेका छन्। माओवादी केन्द्रमा अध्यक्षबाहेक १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस