अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कट्टर विरोधी एमाले नेता भीम रावललाई नै यसमा संलग्न भएको आरोप लागेको छ।
वाम विश्लेषक डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत केपी ओली नेतृत्वको मन्त्रिपरिषदले २०७३ असोज ३१ गते एमसीसीएलाई नेपालतर्फको १ अर्ब ३० करोड निकासा दिने निर्णय गर्दा रावल नै उपप्रधान तथा रक्षामन्त्री रहेको बताएका हुन्।
विज्ञापन
यस आधारमा अहिले उनको विरोध ‘सस्तो लोकप्रियताका लागि पाखण्ड र बेइमानी’ भएको लेखक खतिवडाको आरोप छ।
‘प्रम केपी ओलीको २०७३ आषाढ ३१ गतेको मन्त्रिपरिषद् बैठकले एमसीसीएलाई नेपालतर्फको १ अर्ब ३०करोड निकासा दिने निर्णय गरेको थियो, जुन सरकारको उपप्रधानमन्त्री तथा रक्षामन्त्री कमरेड भीम रावल थिए’, खतिवडाले लेखेका छन्, ‘सस्तो लोकप्रियताका लागि झुट र पाखण्डको राजनीति अनैतिकता र बेइमानीबाहेक केही हैन।’
यसमा रावलले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन्।
‘डम्बर जी, तपाईंले भन्नुभएका मन्त्रिपरिषद्का बैठकमा मेरो उपस्थिति थियो कि थिएन, कम्प्याक्टबारे के कुरा वा निर्णय भएको थियो, फोनमा सोध्नुभएको भए भनिहाल्थें’, रावलले भनेका छन्, ‘ट्विटमा सोध्नुभएछ। म रहेको मन्त्रिपरिषद्को बैठकमा कम्प्याक्टबारे कुरा भएको थिएन। देश हित र स्वाधीनताको पक्षमा जहिले पनि उभिनुपर्छ।’
फेसबुक प्रतिक्रियाहरु