मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेस, एमाले र माओवादीले भ्रष्टाचार र विसंगति बढाउने बाहेक केही गरेनन् : राजेन्द्र लिङ्देन
समाचार

कांग्रेस, एमाले र माओवादीले भ्रष्टाचार र विसंगति बढाउने बाहेक केही गरेनन् : राजेन्द्र लिङ्देन

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला तीन दल पूर्व राजा ज्ञानेन्द्रको विरोध गरेर आ-आफनो संगठन विस्तारमा लागेको आरोप लगाएका छन् ।

विज्ञापन

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सोमबार आयोजित आम सभामा बोल्दै उनले पूर्व राजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्रममा ठूला दलहरु अघि बढेको चर्चा गरे ।

विज्ञापन

नेपालका ठूला तीनवटा दलहरुले (कांग्रेस, एमाले र माओवादी) ०६२, ०६३ मा जनआन्दोलन गर्ने नाममा जनचाहाना विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको आरोप लगाए ।

अध्यक्ष लिङ्देनले ठूला तीन दलले भ्रष्टाचार र विसंगति बढाउने बाहेक देश र जनहितमा एउटा पनि काम नगरेका कारण उनीहरुबाट देश जोगाउने राजनीतिक एजेण्डा राप्रपाको भएको बताए ।

यस्तै, उनले कमल थापाको नाम उच्चारण नगरिकन राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउन पर्ने बताए ।

अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीका नेताहरुले भ्रष्टाचारलाई संस्थागत गरेका कारण जनतामा राजनीतिमै वितृष्णा जागेको दाबी गरे ।

देशका ठूला दल शासनमा रहँदा जनताको अवस्था नफेरिएको बरु भ्रष्टाचार संस्थागत भएको उनको भनाइ थियो ।

राप्रपा पूर्वी नवलपरासीले सोमबार कावासोती थानाको चौरमा आयोजना गरेको सभामा राप्रपका अधिकांश केन्द्रीय नेताहरुको उपस्थिती छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस