काठमाण्डाै ।
लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता अनिलकुमार झाले माओवादीको १० वर्षे जनयुद्धले धेरै विषयमा परिवर्तन ल्याए पनि अझै गर्नुपर्ने धेरै कुरा बाँकी रहेको बताउनुभएको छ ।
विज्ञापन
माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै नेता झाले माओवादीको जनयुद्धलाई आफूहरूले कहिल्यै पनि अपमान नगरेको तर अहिले माओवादीले मूल एजेन्डा बिर्सँदै गएको बताउनुभयो ।
शोषित, पीडित नागरिकका लागि आन्दोलन गरेको माओवादीले अहिले एजेन्डा छाड्दै गएकोमा दुःख लागेको झाले बताउनुभयो । आफूहरूले मधेश आन्दोलन गर्दा प्रचण्डसहितका नेताहरूले नै नजरअन्दाज गरेको, मधेशका मुद्दालाई संविधानले सम्बोधन नगरेको लगायतका विषयमा पटक–पटक माग गर्दा पनि पूरा नभएको झाको भनाइ छ ।
झाले माओवादीले गरिब, दुःखीका एजेन्डा नछाडोस् भने शुभकामना पनि दिनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु