Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस २९, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्र कर्णालीले छान्यो ८८ प्रतिनिधि
समाचार

राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्र कर्णालीले छान्यो ८८ प्रतिनिधि

सुर्खेत।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि छनोट भएका छन्। जिल्लागत रूपमा पार्टी सदस्यका आधारमा राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गरिएको हो। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि राजधानीमा सुरु हुँदैछ।

विज्ञापन

कर्णालीका दश जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि ८८ जना छनोट भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीले जानकारी दिए। उनले यो संख्या जिल्लागत रूपमा पार्टी सदस्यता संख्या र संघीय संसदको निर्वाचन क्षेत्रका आधारमा छनोट गरिएको बताए।

विज्ञापन

माओवादी केन्द्रको परिपत्रअनुसार एक हजार पाँच सय सदस्यता बराबर एक जना प्रतिनिधि र संघीय संसदको निर्वाचन क्षेत्रको प्रतिनिर्वाचन क्षेत्र दुई जना प्रतिनिधि छनोट गरिएको उनले बताए। उनका अनुसार कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ जना छनोट भएका छन्।

डोल्पाबाट सबैभन्दा कम तीन जना मात्रै छनोट भएका छन्। त्यस्तै सुर्खेत र जाजरकोटबाट १०-१० जना, मुगुबाट पाँच जना, सल्यान र कालिकोटबाट ११-११ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्। दैलेख, जुम्ला र हुम्लाबाट ७-७ जना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट भएको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए।

‘दशै जिल्लाबाट सर्वसम्मत राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन भएका हुन्,’ उनले भने, ‘उहाँहरू सबै मंसिर २५ देखि २८ गतेसम्म भएको प्रथम प्रदेश अधिवेशनबाट छनोट भएका हुन्।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस