On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख ६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमसिसी पारित गर्न देउवालाई ओलीका यस्तो सर्त
समाचार

एमसिसी पारित गर्न देउवालाई ओलीका यस्तो सर्त

१४ औं महाधिवेशनबाट पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित भएका कांग्रेस नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । फोन वार्तामा यी दुई नेताबीच समसामयिक राजनीतिको विषयमा पनि कुराकानी भएको छ ।

 

विज्ञापन

 

विज्ञापन

बालुवाटार स्रोतका अनुसार बुधबार अबेर साँझ प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका हुन् ।

उनले देउवालाई दोस्रो पटक पार्टी सभापतिमा निर्वाचित भएकोमा बधाई दिँदै राष्ट्रिय राजनीतिका मुद्दामा नेकपा एमालेले सधैं नेपाली कांग्रेसको साथ दिन तयार रहेको पनि बताएका छन् । देउवाले पनि टेलिफोनमा राष्ट्रिय राजनीतिका विषय तथा मुद्दामा आफूलाई एमालेको साथ चाहिने उत्तर दिएको उनीनिकट एक नेताले बताए ।

‘उहाँहरुबीच खासै लामो कुराकानी त भएन, तर महत्वपूर्ण विषयमा कुराकानी भएको थियो,’ ती नेताले भने, ‘देशको राजनीतिको विषयमा दुवै दल मिलेर अगाडि बढ्ने विषयमा कुराकानी भएको हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले यही फोन संवादमा अब देश चुनावतर्फ होमिएको पनि बताएका थिए । ‘त्यसबारे म साथीहरुसँग सल्लाह गर्नेछु,’ देउवाले भने ।

यसअघि ३१ अक्टोबरमा बेलायतमा भएको कोप २६ को बैठकमा भाग लिनु जानुभन्दा पहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोनमा वार्ता भएको थियो । त्यति बेला पनि यी दुई नेताबीच अर्ली इलेक्सनको कुरा भएको थियो । त्यही समयमा आफ्नो दूतको रुपमा बारम्बार ओलीले ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीसँगको भेटघाटमा पठाएका थिए ।

सर्वोच्च अदालतको परमादेशपछि पाँच दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका देउवाले यसअघि नै ओलीलाई अर्ली इलेक्सनको पक्षमा आफू तयार रहेको बताउँदै आएका छन् । ओलीले त आफू प्रधानमन्त्रीबाट हटेपछि पनि बारम्बार देशमा चुनाव आवश्यक भएको भन्दै सार्वजनिक रुपमा भन्दै आएका छन् ।

अब कांग्रेस महाधिवेशन सकिएपछि देउवालाई पनि अर्ली इलेक्सनको अजेन्डामा सहमत गराउन ओली प्रयासरत छन् ।

त्यसमा अमेरिकी सहयोगी परियोजना मिलेनियम च्यालेन्ज एमसिसीलाई अस्त्रको रुपमा ओलीले प्रयोग गर्न खोजेका छन् । नेकपा एमालेमा ओलीनिकट रहेका एक नेताले एमसिसी संसदबाट पारित होस् भन्ने चाहने हो भने प्रधानमन्त्री देउवाले ओलीका केही सर्त मान्नु पर्ने बाध्यता रहेको बताए ।

‘एमसिसीलाई पारित गर्ने हो भने हामीले संसदमा साथ दिनका लागि पनि यो गठबन्धन टुट्नु पर्छ,’ नाम नखुलाउने सर्तमा ती नेता भन्छन् ।

गठबन्धनमा रहेका पाँच दललाई अलग गर्न सकेमा आगामि निर्वाचनमा एमाले ठूलो शक्ति बन्न अझ सहज हुनेमा ओली विश्वस्त छन् । अनि अर्ली इलेक्सनमा देउवालाई लैजान सकिए यसअघि आफूले प्रतिनिधिसभा विघटन गरेको विषय पनि सही भएको स्थापित गर्न सकिने उनको योजना छ ।

अर्कोतिर, देउवालाई पनि प्रधानमन्त्री भएको केही समयमा नै उनकै दलका नेताहरुले पनि अर्ली इलेक्सनमा जान जोड दिएका थिए । अर्ली इलेक्सनमा जाँदा पनि कांग्रेस नै पहिलो पार्टी हुने भएकाले कांग्रेसले यसमा कन्जुस्याइँ गर्न नहुने तर्क उनीहरुले गर्दै आएका छन् । कांग्रेसका नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्काले त्यति बेला फरकधारसँग भनेका थिए, ‘निकै धेरै समस्याहरुसँग बसिरहनु भन्दा चुनावमा जाँदा ठिक हो भन्ने हामीले सुझाएका हौँ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस