काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल मगर चयन भएका छन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको हो । उक्त समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको हो ।
विज्ञापन
माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बनेका हुन् । रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि प्रदेश अध्यक्षमा दावी गर्दै आएका थिए । तर उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत भएका हुन् ।
प्रदेश समितिका अरु पदाधिकारी भने टुंगो लाग्न बाँकी छ । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुन् । माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।
माओवादीले मंसिर २५ र २६ गते दाङको भालुबाङमा अधिवेशन सम्पन्न गरेको थियो । २ सय ५३ सदस्यीय समितिमा ११ जना विभिन्न कलष्टरबाट मनोनित गर्ने माओवादी केन्द्रले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु