नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशनबाट देशलाई ठूलो सन्देश दिएको बताएका छन्।
सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित ४४ जनालाई बुधबार शपथ ग्रहण गराउने क्रममा उनले यस्तो बताएका हुन्।
विज्ञापन
एमाले समुद्र भएको बताउँदै ओलीले सबैको चित्त बुझाउन नसकिएको पनि उल्लेख गरेका छन्।
‘हामीले महाधिवेशनबाट ठूलो विचार प्रवाह गरेका छौँ। देशलाई नै सन्देश दिएका छौँ’, उनले भनेका छन्, ‘अत्यन्तै प्रशोधित रुमपा हाम्रा विचार कार्यान्वयन गर्छौँ। बरु गाडीको ब्रेक फेल हुन्छ, तर एमालेको विचारको ब्रेक फेल हुँदैन। हामी विचारमा बलिया र अगाडि पनि छौँ।’
ओलीले आफूहरुको काम देश बनाउने भएको बताउँदै यो पटक छुटेका र असन्तुष्ट नेताहरुलाई सानो मन नबनाउन र चित्त नदुखाउन पनि आग्रह गरे।
‘सबैलाई चित्त त कसरी बुझाउन सकिन्छ र? मलाई थाहा छ असन्तुष्टि छ’, उनले भने, ‘हामी सकेसम्म मिलाएर अघि बढ्न तयार छौँ। सबैको चित्त बुझाउन सकिएन। यो कुरा म स्वीकार्छु।’
फेसबुक प्रतिक्रियाहरु