On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • निधिले देउवालाई समर्थन नगर्ने, प्रकाशमानले उधारो नमान्ने
समाचार

निधिले देउवालाई समर्थन नगर्ने, प्रकाशमानले उधारो नमान्ने

काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा हुन गइरहेको मतदान रोचक बन्ने भएको छ । सभापतिमा भिडेका उम्मेदवारको संख्या ५ बाट दुईजनामा झरेको छ । मतदाता र उम्मेदवार तान्न बल्ल खेल सुरू भएको छ ।

विज्ञापन

शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीचको प्रतिस्पर्धा हुने भनिए पनि सबैको ध्यान भने प्रकाशमान सिंह र विमलेन्द्र निधिमा छ । शेखर कोइराला देउवाभन्दा ५२९ मतले पछाडि छन् । शेखरले जित्न सुवे जनालाई फकाउनु पर्छ भने देउवाले एक जनालाई मात्र फकाए पुग्छ ।

विज्ञापन

किनकि प्रकाशमानले ३७१ र निधिले २४९ मत पाएका छन् । एकजनाको मात्र समर्थनले शेखरलाई जित्नका लागि पर्याप्त हुन्न । प्रकाशमान र निधि दुवैजनाले शेखरलाई समर्थन गरेमात्र उनको विजय हुनसक्छ ।

यस हिसाबले दोस्रो चरणमा प्रकाशमान र निधि निर्णायकमात्र बनेका छैनन्, उनीहरुको बार्गेनिङ पावरसमेत बढेको छ । शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई प्रकाशमान फकाउन चाक्सीबारी पठाइसकेका छन् । निधिले भने दोस्रो चरणमा देउवालाई सहयोग नगर्ने बताइसकेका छन् ।

त्यसैले देउवाको प्रयास प्रकाशमानलाई आफूतिर तान्नमा केन्द्रित छ । प्रकाशमानको समर्थन भएमात्र पनि देउवालाई जित्ने मत पुग्छ । देउवा पहिलो चरणमा ८२ मतले पराजित भएका छन् ।जबकि प्रकाशमानले ३७१ मत पाएका छन् । प्रकाशमानको आधा मत पाए पनि देउवालाई पुग्छ ।

संस्थापनइतर समूहबाट अन्तिममा फुटेर अलग उम्मेदवारी दिएका प्रकाशमानको निर्णयमा सुजाता कोइराला र विश्वप्रकाश शर्माको पनि भूमिका हुन्छ । महामन्त्री उम्मेदवार बन्न नपाएपछि देउवा समूह छाडेका विश्वप्रकाशले प्रकाशमानलाई कसको पक्षमा उभिन प्रेरित गर्छन् ? यो पनि निर्णायक फ्याक्टर छ ।

त्यस्तै कोइराला परिवारबाट फुटेकी सुजाताले दाजु शेखरलाई सघाउलिन् कि देउवालाई ? यो प्रष्ट छैन । तर दोस्रो चरणमा देउवाविरुद्ध एकजुट हुन प्रकाशमान र सुजातामाथि कार्यकर्ताको दबाब बढिसकेको छ । ८२ मत नपुगेर पहिलो चरणमा जित्न नसकेका देउवाले एक डेढ सय मत किनेर पनि पुर्याउने दावी नेताहरुको छ ।

कांग्रेसको निर्वाचनमा एक सय करोडको हाराहारीमा पैसा चलायमान भइसकेको अनुमान छ । अब मतदाता छानीछानी सौदाबाजी हुने सम्भावना छ । यो खेलमा दुवै पक्ष लाग्छन् तर देउवालाई केही मतदातामात्र प्रभावित पार्न सहज छ भने कोइरालाका लागि निधि र प्रकाशमानको सहयोग अनिवार्य छ ।

आफू सत्ता र शक्तिमा पुग्न र टिक्न जुनसुकै हदसम्मको सौदाबाजी गर्ने देउवाले पुरानै शैली अपनाउने पक्का छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस