आइतवार, कार्तिक २५, २०८१
  • होमपेज
  • समाचार
  • अध्यक्ष लिङ्देनलाई कमल थापाले दिए पार्टी फुटाउने चेतावनी
समाचार

अध्यक्ष लिङ्देनलाई कमल थापाले दिए पार्टी फुटाउने चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले हालै भएको एकता महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानविन समिति गठन गर्न अध्यक्ष राजेन्द्र लिङ्देलसँग माग गरेका छन्।

अध्यक्ष लिङ्देनलाई सोमबार तीन पृष्ठको पत्र पठाउँदै निवर्तमान अध्यक्ष थापाले यस्तो माग गरेका हुन्।

विज्ञापन

‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न निष्पक्ष छानविन समिति बनाउनु होस्’, थापाले पत्रमा भनेका छन्, ‘हस्तक्षेपको भत्सर्ना गर्नुहोस्, भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस्।’

विज्ञापन

राजसंस्था र पार्टीलाई ‘रिमोट कन्ट्रोल’बाट चलाउन चाहने निर्मल निवासको योजनाबारे पार्टीभित्र बहस शुरू गर्न माग गर्दै उनले यसो भएमा मात्रै पार्टी एकता कायम रहने जिकिर गरेका छन्।

यदि अध्यक्ष लिङ्देनले आफ्नो मागअनुसार निर्णय लिएमा पार्टीको भविष्य पनि सुनिश्चित रहने थापाले उल्लेख गरेका छन्।

पार्टीको बृहत्तर हित र एकताको पक्षमा आफू मन वचन र कर्मले प्रतिवद्ध रहेको बताउँदै थापाले आफ्नो रगत-पसिना बगेको राप्रपाको माया र हजारौँ कार्यकर्ताको भविष्यको चिन्ता रहेको पनि बताएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस