On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रचण्ड र माधव नेपालहरू कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लाग्नुभा’छ : शंकर पोखरेल
समाचार

प्रचण्ड र माधव नेपालहरू कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लाग्नुभा’छ : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको आरोप लगाएका छन्।

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको दाबी गरेका हुन्।

विज्ञापन

उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार भएको आरोप समेत लगाए।

विज्ञापन

महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रूपमा रहेको उल्लेख गरे।

उनले भने, ‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ, कुरा क्रान्तिकारीका गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्ने बित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्यूत भएर दक्षिणपन्थीको सेवामा सर्मपित गरिहाल्ने। यो इतिहासको शिक्षा हो। उग्रताको कुरा गर्नेहरू अन्तिममा दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजहरूले भन्ने गरेका थिए त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहाल प्रचण्डको जीवनमा पनि देखियो।’

माधव नेपालले पनि त्यही पथमा लागेको भन्दै उनले भने, ‘हाम्रै आन्दोलनको लामो समयको नेताका रूपमा रहनुभएका माधव नेपाल जसलाई हामीले ३ कार्यकाल पार्टीको प्रमुखको रूपमा जिम्मेवारी सुम्प्यौं, उहाँलाई नेता मान्यौं। उहाँले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो।’

उनले थप भने, ‘हामीले भन्यौं ६२/६३ को परिवर्तन पछाडि अब समाज कहाँ जाने भन्ने कुराका सन्दर्भमा दुइटा कित्ताका बीचमा बाँडिनेछ, एउटा समाजवादतर्फको यात्रा। एउटा पुँजीवाद तर्फको यात्रा। पुँजीवाद तर्फको यात्राको नेतृत्व कांग्रेसले गर्छ भनेर भन्यौं। आज प्रचण्ड र माधव नेपालहरू कांग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लाग्नुभा’छ भनेपछि दक्षिणपन्थी अवसरवाद भनेको यही हो। यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मख्सद हो भन्ने कुरालाई बुझ्नु जरूरी छ।’

महासचिव पोखरेलले एमालेलाई तीनै तहको निर्वाचनमा बहुमत प्राप्त पार्टीको रूपमा स्थापित गर्नु जरूरी रहेको बताए।एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको भन्दै उनले सो षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकता रहेको औंल्याए।

पार्टीले अघि सारेको एजेण्डा र लक्ष्यका कारण बहुमत जनताको समर्थन प्राप्त गर्न सम्भव रहेको उनको भनाइ छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस