On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ११, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • युद्धमा समेत नरोकिने एम्बुलेन्स पार्टीको महाधिवेशनमा रोक्न मिल्छ?
समाचार

युद्धमा समेत नरोकिने एम्बुलेन्स पार्टीको महाधिवेशनमा रोक्न मिल्छ?

चितवनमा नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी चलिरहेको छ। देशभरबाट पाँच लाख कार्यकर्ता भरतपुरमा उतार्ने एमालेले घोषणा गरेको छ।

महाधिवेशनको उद्घाटन कार्यक्रमलाई लक्ष्य गरेर जिल्ला सुरक्षा समितिले मंसिर १० गते साढे आठ घन्टा भरतपुरको मुख्य क्षेत्रमा ‘नो भेइकल मुभमेन्ट’ (सवारी निषेध) गर्ने निर्णय गरेको छ। यसको अर्थ हुन्छ, त्यो अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि सवारी साधन चल्न पाउने छैनन्।

विज्ञापन

जिल्ला सुरक्षा समितिले ‘नो भेइकल मुभमेन्ट’ भनेको क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको करिब ५ किलोमिटर र नारायणगढ–मुग्लिन सडक खण्डको करिब २ किलोमिटर पनि पर्छ। महाधिवेशनका लागि लाखौं मान्छे सडकमा आउँदा कुनै पनि सवारी चल्ने वातावरण नभएकाले निषेध गर्नुपरेको चितवन प्रशासनको भनाइ छ।

विज्ञापन

‘पश्चिम नेपालबाट आउने सवारी साधनलाई नारायणी नदीको पुलपारि नै रोकिनेछ। त्यो समय एम्बुलेन्स पनि चितवन प्रवेश गर्ने सम्भावना छैन,’ चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ भन्छन्, ‘काठमाडौं, पोखरा क्षेत्रबाट आउनेलाई आँपटारी क्षेत्रमा र पूर्वी नेपालबाट आउने सवारी साधनलाई केन्द्रीय बसपार्कबाट पूर्वतर्फ रोकिनेछ।’

यसरी राजनीतिक दलको महाधिवेशनको समयमा राजमार्ग नै बन्द गर्ने, जिल्ला सदरमुकामको मुख्य क्षेत्रमा सवारी निषेध गर्ने, एम्बुलेन्स, दमकल लगायत अत्यावश्यकीय सवारीले समेत आवातजावत गर्न नसक्ने गरी सरकारी निकायबाटै गरिएको निर्णयको चौतर्फी आलोचना भइरहेको छ।

नेकपा एमालेकै कतिपय कार्यकर्ताले यो निर्णयको विरोध गरेका छन्।

पूर्वाधारविज्ञ सूर्यराज आचार्य कुनै पनि राजनीतिक दलको महाधिवेशन गराउन पूरै सहर बन्द गर्दा सरकारको ‘लम्फू शैली’ झल्किएको बताउँछन्। संविधानले नै सुरक्षित गरेको नागरिकको यातायात सेवा उपभोग गर्ने अधिकार कुण्ठित हुने गरी सरकारी निकायबाटै भएको निर्णय आपत्तिजनक रहेको उनको भनाइ छ।

‘दस–दस मिटरमा सेना खटाएर भने पनि यातायात सेवा सञ्चालन हुन दिनुपर्थ्यो। एम्बुलेन्सजस्तो अत्यावश्यकीय सवारी साधनसमेत चल्न नसक्ने गरी सडक बन्द गर्नु सरकारको निकम्मापन र अकर्मण्यता हो,’ आचार्यले भने, ‘ठूला युद्वहरूमा पनि नहुने कुरा राजनीतिक दलको महाधिवेशनमा हुने भयो।’

सरकारी निकायले गरेको निर्णयमा मौन बसेर नेकपा एमालेले गैरजिम्मेवारी देखाएको उनले बताए।

‘एमाले जिम्मेवार पार्टी थियो भने सरकारले गरेको यस्तो निर्णय फिर्ता गर भनेर वक्तव्य जारी गर्नुपर्थ्यो,’ उनले भने, ‘यो निर्णयमा समर्थन गर्दा एमालेको महाधिवेशन जतिसुकै सफल भए पनि एउटा कालो धब्बा सधैं रहिराख्छ।’

राजमार्गसहित सहरका सबै सडक बन्द गरेर कम्युनिस्ट पार्टीको महाधिवेशन गरेको देख्दा उद्घाटन कार्यक्रममा आउने विदेशी पाहुना पनि दंग पर्ने उनी बताउँछन्।

‘हामी वैदेशिक लगानीको कुरा गर्छौं, पूर्वाधार विकासको कुरा गर्छौं तर विदेशीलाई बोलाएर एम्बुलेन्स पनि चल्न नसक्ने गरी बाटो बन्द गरेर पार्टीको महाधिवेशन गर्छौं,’ आचार्यले भने, ‘यो त अजब देशको गजब चाला भइगयो नि।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस