आइतवार, मंसिर १२, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रेखा थापाले विवाह गर्दै
समाचार

रेखा थापाले विवाह गर्दै

नायिका रेखा थापाले आफू विवाह गर्ने तयारीमा रहेको बताएकी छन्।

सिनेपाटीलाई अन्तर्वार्ता दिँदै उनले आफूले मन पर्ने मानिस भेटिसकेको र चाँडै विवाह गर्ने बताएकी हुन्।

‘गर्छु डिफेनेट्ली गर्छु विवाहको एगेन्समा म होइन, मलाई लाग्छ एउटा पुरुषबिना नारी र नारीबिना पुरुष अपूरो हुन्छ, यो सृष्टि चलाउनलाई पनि र एकअर्काको सारथिका हिसाबले पनि’, नायिका थापाले भनेकी छन्, ‘डिफेनेट्ली म एउटा मन मिल्ने र विचार मिल्ने अनि आत्मीयता मिल्ने र, सँगै यात्रामा हिँड्दा सहज महसुस हुने पार्टनर आएपछि आउनेवाला छ, भेटिसक्या छु।’ तर उनले कहिले विवाह गर्ने मिति भनिन्।

विज्ञापन

एक वर्षअगाडिसम्म विवाह भनेपछि डर लाग्ने आफू समयसँगै परिवर्तन भएको उनले बताएकी छन्।

‘एक वर्षअगाडि पनि मलाई विवाह भनेपछि डर लाग्थ्यो, मबाट हुँदैन यो जस्तो लाग्थ्यो’, नायिका थापाले भनेकी छन्, ‘तर टाइम चेन्ज हुँदो रहेछ। गर्छु म।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस