आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डले झापामा माओवादीको महाधिवेशन गरेर देखाए भो त : केपी ओली
समाचार

प्रचण्डले झापामा माओवादीको महाधिवेशन गरेर देखाए भो त : केपी ओली

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गर्न पुष्पकमल दाहाललाई चुनौती दिएका छन् ।

विज्ञापन

चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिएका हुन् ।

विज्ञापन

चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, काठमाडौंबाट लड्नु भयो ।

काठमाडौंमा नगर्ने र सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने, ओलीले भने, उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस् ।

उनले माओवादी अध्यक्ष दाहालले एमालेलाई नभै सिपी मैनालीलाई भनेको बताएका छन् ।

सिपी मैनालीले नेकपा मालेको चितवनमा महाधिवेशन गरेको भोलिपल्ट उहाँले मलाई सक्न केहीले चितवनमा महाधिवेशन गरेका छन् भन्नुभयो, ओलीले भने, यो हामीलाई होइन सिपी मैनालीलाई भन्नुभएको होला ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस