चितवन।
भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलबीच आज भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो ।
विज्ञापन
राजदुत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू खुसी भएको बताए ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु