On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • एमालेमा ‘बा’ भन्नेहरूको मात्रै भलो, मध्यमार्गी नेताहरूको ‘कन्तबिजोग’
समाचार

एमालेमा ‘बा’ भन्नेहरूको मात्रै भलो, मध्यमार्गी नेताहरूको ‘कन्तबिजोग’

काठमाडौं ।

नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनमा अध्यक्ष केपी शर्मा ओलीको जयजयकार गर्नेहरूले मात्रै मौका पाएको भन्दै विभिन्न स्थानमा असन्तुष्टि बढेको छ । त्यतिमात्रै होइन एमालेमा तत्कालिन वरिष्ठ नेता माधव नेपाल समूहमा रहेका र पछि मध्यमार्गी बनेका १० नेताहरूको झनै बिजोग भएको छ ।

विज्ञापन

 

विज्ञापन

देशैभर मध्यमार्गी नेतानिकट नेताहरूले मौका नपाएको ब्यापक गुनासो आउन थालेपछि नेताहरू अध्यक्ष ओलीसंग झनै सशंकित बनेका छन् । मध्यमार्गी नेताहरूले खुलेआम यो विषय उठाउन सकेका छैनन् । तर पनि कैलालीमा भने नेताहरूले सामाजिक सञ्जालमार्फत चर्को असन्तुष्टि जनाएका छन् ।

 

मध्यमार्गी नेताहरूले भने यो विषयमा छलफल गर्न थालेका छन् । एमालेमै रहँदा ओलीसमूहबाट पेलिने आशंका गरेका उनीहरूलाई झट्का लाग्न सुरू गरेको छ । अहिले हुने महाधिवेशनदेखि आगामी निर्वाचनसम्म यी नेताहरूलाई ओलीले छानीछानी तह लगाउने पक्का भएकाले १० भाई नेताहरूमाथि कालो बादल मडारिएको छ।

 

देशभर चुनिएका प्रतिनिधिहरूको आंकलन ललितपुरबाटै पनि गर्न सकिन्छ । ललितपुरबाट ‘तेस्रोधार’ भनिने मध्यमार्गी नेताहरू नराम्रोसँग बढारिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदा तेस्रोधारबाट जम्मा दुई जना छानिएका छन् ।

 

तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई वटामा निर्विरोध र एउटामा निर्वाचनबाट प्रतिनिधि छानिएका हुन् । क्षेत्र नम्बर १ र २ मा निर्विरोध हुँदा स्थायी समिति सदस्य रघुजी पन्तको क्षेत्र ललितपुर–३ मा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको हो ।

 

निर्विरोध भएको क्षेत्र नम्बर १ बाट कूल ६ जना प्रतिनिधि चयन हुँदा तेस्रोधारबाट जम्मा एक जना मात्र परेका छन् । त्यहाँ संघीय सासंदसमेत रहेका नवराज सिलवाल, प्रदेश सांसदद्वय मधुसुदन पौडेल र चेतनाथ सञ्जेल, रामचन्द्र दाहाल, पुरुषोतम आचार्य खुलातर्फबाट प्रतिनिधि छानिए । महिलातर्फ तारा सञ्जेल र अन्नपूर्ण बस्नेत सर्वसम्मत चयन भएका छन् । सञ्जेल १० बुँदे सहमति गरेर एमालेमै बसेका ‘१० भाइ’ समूहकी हुन् ।

 

त्यस्तै, क्षेत्र नम्बर २ बाट पाँच जना प्रतिनिधि छानिएका छन् । जसमध्ये चिरञ्जीवी आचार्य ‘१० भाइ’ समूहका हुन् । त्यहाँ माओवादी छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल समूहकी मञ्जरी शाक्य महिला कोटाबाट प्रतिनिधि छानिएकी छिन् । त्यसबाहेक जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, रामेश्वर श्रेष्ठ, राम राउत खुलातर्फबाट प्रतिनिधि चयन भएका हुन् ।

 

यता, सर्वसम्मत हुन नसकेपछि क्षेत्र नम्बर ३ मा भने निर्वाचनमार्फत् प्रतिनिधि छानिएका छन् । त्यहाँ खुलातर्फबाट चार र महिलातर्फ एक गरि पाँच जना महाधिवेशन प्रतिनिधि छानिए । निर्वाचनमा खुलातर्फ राजेन्द्र श्रेष्ठ, बाबुकाजी प्रधान, रघुनाथ महर्जन र अमृत खड्का निर्वाचित भएका छन् भने महिलाबाट कमला थापा छानिएकी छिन् । उनीहरुले ‘१० भाइ’ समूहका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । रघुजी पन्तको गृहक्षेत्र समेत रहेको क्षेत्र नम्बर ३ मा उनीनिकट जीवन खड्का र देवकी श्रेष्ठ प्रतिष्पर्धामा भए पनि उनीहरु दुबै पराजित भएका छन् ।

 

महिलाबाट प्रतिनिधि छानिएकी थापाले ४ सय ८८ मत ल्याउँदा श्रेष्ठले जम्मा १ सय ३५ मत पाइन् । त्यस्तै, खड्काले २ सय ४१ मत पाउँदा निर्वाचित प्रतिनिधिले ५ सय ३१ सम्म मत ल्याएका छन् । खड्का र श्रेष्ठ दुवै बागमती प्रदेशसभा सदस्यसमेत हुन् । माधव नेपाल प्रधानमन्त्री हुँदा उहाँका राजनीतिक सल्लाहकारसमेत रहनुभएका पन्तनिकटहरुको यो पराजयले ‘१० भाइ’ समूहलाई ठूलो धक्का दिएको विश्लेषण गरिएको छ ।

 

क्षेत्र नम्बर १ मा नवौँ महाधिवेशनमै प्रतिनिधि भइसकेका कृष्णमान लामा, तारा सञ्जेल र शिवराज सञ्जेल ‘१० भाइ’ समूहबाट प्रतिनिधिको स्वाभाविक दाबेदार थिए । तर, कुनै हालतमा प्रतिनिधि बन्न नदिने रणनीतिका साथ ओलीपक्ष लागेपछि अन्ततः उनीहरु ब्याक भएका हुन् । अन्तिममा तारा सञ्जेललाई प्रतिनिधि बनाएर आफूहरुको टिम फुटाउन खोजिएको उक्त समूहको आरोप छ ।

 

तत्कालीन माधव नेपाल समूहमा लागेवापत सजाय पाउनेमा प्रेम महर्जन पनि हुन् । अघिल्लो महाधिवेशनमै प्रतिनिधि भइसकेका महर्जनलाई कुनै हालतमा प्रतिनिधि बन्न नदिने परिस्थिति बनाएपछि अन्ततः उनी आफैँ दावेदारीबाट पछि हटे । महर्जनले छोडेपछि चिरञ्जीवीलाई समेटेर निर्विरोध भएको घोषणा गरियो । ‘जहाँ हामी अलि बलियो छौँ, त्यहाँ फुटाउने र जहाँ कमजोर छौँ त्यहाँ सिध्याउने रणनीति देखियो’, तेस्रोधारका एक नेताले भने ।

 

ललितपुरमा मात्र होइन, ‘१० भाइ’ समूह देशैभर निरीह देखिएको छ । नवौँ महाधिवेशनपछि अध्यक्ष केपी ओलीविरुद्ध उभिएका तर, पछिल्लो समय १० बुँदे सहमति गरेर एमालेमै बसेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरुको समूह प्रतिनिधि चयनमा लगभग शुन्य भएको छ । यसै पनि पार्टीमा हस्तक्षेपकारी उपस्थिति जनाउन नसकेको यो समूह सर्वसम्मतिका नाममा केन्द्रीयता हावी हुँदा थप कमजोर बनेको हो ।

 

हिजोदेखि प्रतिनिधि चयनको प्रक्रिया अगाडि बढाएको एमालेले अधिकांश ठाउँमा सर्वसम्मतिमा प्रतिनिधि टुंगो लगाएको छ । एकाधबाहेक देशैभर सहमतिमै प्रतिनिधि छनोट गरिएको एमाले नेताहरुले बताएका छन् । यता, ‘१० भाइ’ समूहका नेताहरुले भने महाधिवेशन प्रतिनिधि चयनमा पार्टीसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सर्वसम्मतिका नाममा पार्टीमा आन्तरिक लोकतन्त्र मास्न खोजेको उनीहरुको आरोप छ ।

 

७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ । देशैभरको अवस्था र प्रतिनिधि छनोट भइसकेकाहरुको चित्र हेर्दा ९० प्रतिशत भन्दाबढी ‘बा’ भन्नेहरु नै प्रतिनिधि बनेर आउने निश्चित देखिएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस