On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनका युवाहरुले मोबाइलले खिचेर गरे फिल्म तयार
समाचार

चितवनका युवाहरुले मोबाइलले खिचेर गरे फिल्म तयार

भरतपुर ।
चितवनका युवाहरुको एउटा समूहले मोबाइलबाटै खिचेर फिचर फिल्म तयार गरेको छ । आईफोन १४ प्रो म्याक्सबाट खिचेर १ घण्टा ४५ मिनेट लामो फिल्म तयार गरिएको हो । यो फिल्म वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो ।

फिल्मका निर्देशक जेसन लोप्चनका अनुसार फिल्म छायाङ्कन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिएको छ तर अन्य कुनै क्यामेरा भने प्रयोग गरिएको छैन । बजेट अभावका कारण मोबाइलबाटै फिल्म खिच्नुपरेको लोप्चनले बताए । `मोबाइलबाट पनि राम्रो गुणस्तरको भिडियो खिच्न सकिन्छ । सजिलो, सस्तो र पोर्टेबल भएकोले धेरै फाइदा छ । साथै यसका केही सीमितता पनि छन् । कतिपय कुरा फोनबाट गर्न सकिँदैन । डेप्थ अफ फिल्ड, कलर आदिमा फरक पर्छ । आउटडोर सुटिङमा डाइरेक्ट सनलाइटले पनि समस्या पार्दो रहेछ´, उनले भने ।

विज्ञापन

विदेशमा आईफोनबाटै फिल्म खिच्ने गरिए पनि नेपालमा भने कमर्सियल फिल्म पूरै फोनबाट खिचिएको पहिलोपटक भएको दाबी लोप्चनको छ । `अप्लेस अन्डर द सन´ नामको फिल्म आगामी जुलाईमा ओटीटी प्लाटफर्ममा रिलिज हुने तय भएको निर्देशक लोप्चनले बताए । उनका अनुसार अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक आदि ओटीटीमा फिल्म रिलिज हुने तय भइसकेको छ ।

विज्ञापन

क्राइम ड्रामा जनराको यो फिल्ममा तीन जना बाल्यकालका मिल्ने साथी हुन्छन् । धेरै वर्षको ग्यापपछि उनीहरुले रियुनियन पार्टी राखेका हुन्छन् । उनीहरुले त्यहाँ आ-आफ्नो कथा भनिरहेका हुन्छन् । त्यही क्रममा अर्को नयाँ मानिसको प्रवेश हुन्छ र कथाले नयाँ मोड लिन्छ । कथामा थुप्रै ट्विस्ट एन्ड टर्न्स रहेको निर्देशक लोप्चनको भनाइ छ ।

फिल्मका सबै कलाकार नयाँ छन् । फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहेको छ । कलाकार र क्रु गरेर १७/१८ जनाको टिम रहेको र तीमध्ये चार-पाँच जना शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थी रहेको लोप्चनले बताए । उनी पनि शेफर्डकै विद्यार्थी हुन् ।

आगामी जेठमा ट्रेलर रिलिज गरेर मार्केटिङमा जाने तयारीमा रहेको टिम फिल्मलाई लिएर आशावादी छ । `नेपालका वितरक र हलले हाम्रो फिल्ममा रुचि देखाएनन् । ओटीटीमा राम्रो हुने अपेक्षा राखेका छौं । यसको फिडब्याक हेरेर अर्को प्रोजेक्टको तयारीमा लाग्छौं´, निर्देशक लोप्चनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस