On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • चितवनमा राजनीतिक दलको महाधिवेशनः पर्यटनसँगै अर्थतन्त्र चलायमान
Breaking News

चितवनमा राजनीतिक दलको महाधिवेशनः पर्यटनसँगै अर्थतन्त्र चलायमान

चितवन।

जिल्लामा राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ ।

विज्ञापन

राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन् । यसले समग्र जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाएको हो । देशको ठूलो राजनीतिक दल नेकपा (एमाले), नेकपा (माले) र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको महाधिवेशन जिल्लामा हुँदै गर्दा यहाँको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हो ।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय महाधिवेशन नारायणगढको नारायणी कला मन्दिरमा कात्तिक २७ गतेदेखि जारी छ । उक्त अधिवेशन २९ गतेसम्म सञ्चालन हुनेछ । पार्टीका नेता भगवती घिमिरेका अनुसार देशभरबाट ३५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् । प्रतिनिधि जिल्लाका विभिन्न होटलमा बसिरहेका छन् । प्रतिनिधि बाहेकका पनि पार्टी शुभेच्छुक यहाँ आएको उहाँले जानकारी दिनुभयो ।

नेकपा (एमाले) को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म यही हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गरिँदै छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि हुनेछन् । यसका अतिरिक्त सोही सङ्ख्याभन्दा बढी शुभेच्छुक, नेता कार्यकर्ता, विदेशी र स्वदेशी पाहुना हुने अनुमान गरिएको छ ।

 

 

 

सो समयमा सौराहामा रहेका अधिकांश होटलका कोठा बुकिङ भइसकेका छन् । पार्टीले चार हजार बेड बुकिङ गरिसकेको छ । सौराहाको क्षमता ६ हजार ५०० शय्या हो । क्षेत्रीय होटल सङ्घका अनुसार मङ्सिर ९ गतेदेखि १२ गतेसमम सौराहाका सबै कोठा बुकिङ भइसकेका छन् । ठूला राजनीतिक दलको महाधिवेशन यहाँ भएको यो पहिलो हो ।

बन्द सत्र हुने सौराहा चितवन क्षेत्र नं १ मा पर्दछ । सो क्षेत्रका सांसदसमेत रहनुभएका पाण्डेले यसले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो । नेकपा एमालेको महाधिवेशनमा मात्रै रु आठ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रतिनिधि नभएकाबाट पनि ठूलै रकम खर्च हुने व्यवसायी बताउँछन् । नेता पाण्डेले भन्नुभयो “एक दिने जात्रा र सभामा त ठूलो आर्थिक चलायमान हुन्छ भने महाधिवेशनले त जिल्लाका समग्र क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँछ ।” प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जिल्लाको समग्र क्षेत्र लाभान्वित हुने पूर्व अर्थमन्त्री समेत रहनुभएका पाण्डेको भनाइ छ । यससँगै यहाँको पर्यटन देशभर प्रवद्र्धन हुने उहाँको भनाइ छ । देशैभरबाट आउने मानिसले यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पु¥याउने देखिएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन मङ्सिर १८ र १९ गते नारायणगढमा हुँदैछ । उक्त महाधिवेशनमा देशभरबाट ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार महाधिवेशनका प्रतिनिधिलाई भरतपुर र गैँडाकोटका होटलमा राखिँदैछ । महाधिवेशनको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने हुँदा अन्य नेता, कार्यकर्ता र सहभागीसमेत आउने अधिकारीको भनाइ छ ।

दुईवटा पार्टी र एउटा भातृ सङ्गठनको केन्द्रीय महाधिवेशनले यहाँको अर्थतन्त्र चलायमान बनाउन सुरु गरेको व्यवसायी बताउँछन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यसले व्यवसायीमा उत्साह थपिएको बताउनुभयो । कोभिडका कारण प्रभावित भएका होटल, रेष्टुराँ भरिभराउ हुन थालेको र महाधिवेशनका दिन सबै होटल बुकिङ भइसकेको उहाँले जानकारी दिनुभयो । ठूलो राजनीतिक दलको केन्द्रीय महाधिवेशन हुँदै गर्दा अरु दलका केन्द्रीय कार्यक्रम यहाँ आउने उहाँको विश्वास छ ।

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले महाधिवेशनको लहरसँगै होटल, रेष्टुराँको व्यापार बढ्न थालेको बताउनुभयो । यस्ता कार्यक्रमले यहाँको अर्थतन्त्र चलायमान हुने जिल्लाका व्यवसायी चुकेको भनाइ छ । कोभिड–१९ पछिको राम्रो व्यापार महाधिवेशनसँगै सुरु हुने उहाँले बताउनुभयो । यी कार्यक्रमबाट यहाँको पर्यटकीय महत्वका क्षेत्रको बारेमा देशभर प्रचारप्रसार हुने व्यवसायी चुकेको भनाइ छ ।

नेकपा (माले) को नारायणी कला मन्दिर, नेकपा एमालेको नारायणी नदी किनार र सौराहाको होटल सेभेन स्टार तथा प्रेस सेन्टर नेपालको दियालो फुडल्याण्ड क्षेत्रपुरमा महाधिवेशन हुँदैछ ।रासस

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस