आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • समाचार
  • चितवनबाट हुने हवाइ उडानमा ५५ रुपैयाँ भाडा बढ्यो
समाचार

चितवनबाट हुने हवाइ उडानमा ५५ रुपैयाँ भाडा बढ्यो

चितवन।

चितवनबाट काठमाडौँ र पोखरा हुने हवाइ उडानमा ५५ रुपैयाँ भाडा बढेको छ ।

विज्ञापन

सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका हुन् ।

विज्ञापन

 

 

 

हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पु¥याएको छ । अब सोही अनुसार यात्रुले भरतपुर विमानस्थलबाट काडमाडौँ र पोखरासम्म यात्रा गर्दा हवाई यात्राका क्रममा ५५ रुपैयाँ बढी मूल्य तिर्नुपर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको छ । परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ । काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ । पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्छ । काठमाडौंबाट जुम्ला उडानमा १७० रुपैयाँ भाडा बढी पर्नेछ । काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस