शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • समाचार
  • सभापतिको दाबेदारी प्रस्तुत गरेका कांग्रेस नेता सिंह दिल्लीतर्फ, राजनीतिक भेटघाट गर्ने
समाचार

सभापतिको दाबेदारी प्रस्तुत गरेका कांग्रेस नेता सिंह दिल्लीतर्फ, राजनीतिक भेटघाट गर्ने

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह शुक्रबार भारत गएका छन्।

कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा दाबेदारी प्रस्तुत गरेका पूर्वमहामन्त्री सिंह नेपाल-भारत रुपैडिया नाकाबाट लखनउ हुँदै नयाँ दिल्ली पुगेका हुन्। उनी बर्दियामा एक कार्यक्रममा सहभागी भई उतैबाट भारत गएका हुन्।

विज्ञापन

सिंहले नयाँ दिल्लीमा राजनीतिक भेटघाट गर्ने भ्रमणबारे उनी निकट स्रोतले  जानकारी दियो। तर स्रोतले सिंहले कसलाई भेट्दैछन् भन्ने खुलाउन चाहेन। सिंह शनिबार स्वदेश फर्कनेछन्।

विज्ञापन

सिंह पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार डाकेको बैठकमा सहभागी भएनन्।

‘काठमाडौंमै भएको भए पनि उहाँ पौडेलले बोलाएको बैठकमा नजाने निश्चित थियो’ सिंह निकट स्रोतले भन्यो।

सिंह यसपटक कांग्रेस सभापतिमा उम्मेदवार उठेरै छाड्ने अडानमा छन्।

गत महिना कांग्रेसका नेता शशांक कोइराला सुटुक्क दिल्ली गएर फर्केका थिए। त्यसअघि सभापतिका अर्का दाबेदार तथा उपसभापति विमलेन्द्र निधि पनि दिल्ली गएका थिए।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले दशैँअघि सह महामन्त्री प्रकाश शरण महतलाई दिल्ली पठाएर भारतीय जनता पार्टीसँग सम्बन्ध सुधारको प्रयास थालेका थिए।

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरु दिल्ली दौडाहामा जान थाल्नुलाई अर्थपूर्ण मानिएको छ। यस्ता भ्रमणलाई दिल्लीको आशिर्वाद बटुल्ने कांग्रेस नेताको प्रयासका रुपमा पनि अर्थ्याइएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस