नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री प्रभु साहले पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि कम्युनिस्ट आन्दोलनसँग गद्दारी गरेको आरोप लगाएका छन् ।
विज्ञापन
शुक्रवार नेकपा एमालेको प्रथम कोल्हवी नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै साहले २०७४ सालको निर्वाचनमा कम्युनिस्टहरु आपसमा मिलेर चुनाव लडेको र जनताले समेत विजयी बनाएर सत्ता सुम्पिएको बताए । माधव नेपालले जनताको सो मतविपरीत कम्युनिस्ट आन्दोलनलाई धोका दिँदै शेरबहादुर देउवासँग मिलेर सरकार बनाएको उनको आरोप थियो ।
विज्ञापन
कुनै बेला राजाको पाउमा दाम चढाएका नेता नेपालले अहिले देउवाको पाउमा दाम चढाएको साहको टिप्पणी थियो । माधव नेपाल कम्युनिस्ट आन्दोलनकै कलंक भएको भन्दै उनले कलंकलाई पखालेर फाल्नुपर्ने बताए ।
कार्यक्रममा एमाले प्रवक्ता प्रदीप ज्ञवाली, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश २ का सह–ईन्चार्ज अच्युत मैनालीलगायतका नेता सहभागी थिए ।
फेसबुक प्रतिक्रियाहरु