On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगहरु चल्छ : अर्थमन्त्री शर्मा
समाचार

बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगहरु चल्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । आइतबार हेटौंडामा आयोजित वाईसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायीत्व बहन गर्दै जनताको हित हुने प्रकृतिका योजनाहरु प्रस्तुत गरेको बताए ।

 

विज्ञापन

सरकारले छोटो समयमा प्रतिस्थापन विधेयक मार्फत् सरकारले युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्धामा थोरै भएपनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको मन्त्री शर्माले बताए ।

विज्ञापन

उनले देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बखत हालै आएको प्राकृतिक विपत्तीले थप जटिलता थपिदिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताए । हालै आएको बेमौसमी बाढीका कारण देशको जिडिपीमा ७ प्रतिशत योगदान रहेको कृषितर्फको धान खेति नष्ट हुँदा देशको अर्थतन्त्रसँगै गरिब किसानको जिविकामा समेत जटिलता थपेको उनले बताए ।

प्राकृतिक प्रकोपबाट धान खेती नष्ट भएका ती कृषकहरूको पिडा सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले राहत प्याकेजसमेत ल्याएको र चाँडै नै कृषकहरुलाई उपलब्ध गराउने उनले बताए ।

राहत उपलब्ध गराउनका लागि सरकारले २ प्रकारको प्याकेज प्रस्तुत गरेको उनको भनाइ छ । सरकारले १० कठ्ठा सम्म धान खेति नष्ट भएका कृषकहरुलाई ६५ प्रतिशत र १० कठ्ठा भन्दा धान खेति नष्ट भएका कृषकहरुलाई ३० प्रतिशतका दरले राहत उपलब्ध गराउने सरकारको तयारी रहेको उनले बताए ।

सरकार समाजवाद उन्मुख कार्यक्रम कार्यान्वयनतर्फ अग्रसर भएर काम गरिरहेको उनले बताए । सरकार उत्पादनमुखि उद्योग भन्दा स्थापना र संचालन, कृषि क्षेत्रको विकासमा केन्द्रीत रहेर काम गरिरहेको उनको भनाई छ । सरकारले शिक्षा क्षेत्रको विकासमा पनि नयाँ प्रयोगको सुरुवात गरेको उनले बताए ।

बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगहरु चल्छ

मन्त्री शर्माले बन्द अवस्थामा रहेको हेटौंडाको कपडा उद्योग संचालनमा आउने बताए । उनले सरकारले उत्पादनमा केन्द्रीत अर्थतन्त्रको योजना लिएको भन्दै बन्द अवस्थामा रहेको उत्पादनमुखि उद्योगहरु संचालनमा ल्याउने बताए ।

उनले सरकारले देशमा रहेका पुराना बन्द उद्योगहरुलाई संचालनमा ल्याउने योजना अनुसार तिव्र रुपमा काम गरिरहेको बताए ।

मन्त्री शर्माले हेटौंडाको कपडा उद्योगसँगै बुटवलको धागो उद्योग, गोर्खाको टायर उद्योग लगायतका बन्द उद्योगहरु संचालनको तयारीमा सरकार रहेको बताए ।

देशको व्यापार घाटा कम गर्न र अर्थतनत्र उकास्नका लागि सरकारले बन्द उद्योगहरु संचालनको नीति लिएको उनको भनाई छ । सरकारले नयाँ उत्पादनमुखि उद्योगहरु स्थापना गरी खेर गइरहेको विद्युत खपतको योजना बनाइरहेको बताए ।

सरकारले आयात प्रतिस्थापन गरी निर्यात बढाउने लक्ष्य लिएर उत्पादनमा जोड दिएको उनको भनाई छ । कृषि जन्य उत्पादनमा वृद्धि गर्न सहुलियत कर्जा, सामुहिक कृषि उत्पादन योजनाहरु ल्याएको मन्त्री शर्माले बताए ।

युवाहरुले सरकारले ल्याएका ती योजनाहरु कार्यान्वयनमा सघाउ पु¥याउन सो बारे गाउँ–गाउँमा प्रचार प्रसार गर्नुपर्ने र युवाहरुलाई संगठित गरी व्यवसायीक कृषि उत्पादनमा लाग्न जोड दिए ।

युवाहरु संगठित हुनुपर्छ

मन्त्री शर्माले विगतदेखि नै माओवादी केन्द्रले जनताको हित र परिवर्तनको मुद्धा बोक्दै आएकाले आज देशमा वर्तमान अवस्थासम्म आइपुग्न सफल भएको बताए । उनले जनताको पक्षमा लागेर जनताको अधिकार जनतालाई नै दिनुपर्छ भन्दै माओवादी संघर्षमा लागेकै कारणले आज देशमा असम्भव मानिएको व्यवस्था परिवर्तन पनि सफल भएको बताए ।

‘देशमा निरंकुश शासन र सामन्तवादको विरुद्ध लड्ने साहस कसैले गरेनन्, माओवादी र प्रचण्डको साहसबाट मात्र आज देशमा यो परिवर्तन प्राप्त भएको छ । देशमा सामन्तवादको अन्त्य माओवादी र प्रचण्ड कै कारण आएको हो, जनताको हक अधिकार संविधानमा लेख्ने काम माओवादीले नै गरेको हो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र संविधान प्राप्त हुनुमा माओवादी आन्दोलन र प्रचण्डले महत्वपूर्ण योगदान रहेको छ । माओवादीले ल्याएको परिवर्तन देखाएर हिजो असम्भव मानेर बसेका दलहरु आज हामीले ल्याएको व्यवस्था भन्दै व्याख्या गर्नु बेकार हो,’ मन्त्री शर्माले भने ।

‘देशको नेतृत्व अब युवा पुस्ताको हातमा आएको छ । हामीले प्रचण्डलाई नेतृत्व मानेर माओवादीका सिद्धान्त र एजेन्डालाई आत्मसाथ गर्नुको विकल्प छैन् । त्यसैले अब पुनः माओवादीहरूले २०६४ को अवस्थामा फर्कने हो भने सच्चिएर आत्मसमीक्षा गर्दै एकतावद्ध हुन जरुरी छ ।’ उनले थपे ।

विगतको परिवर्तनको संवाहक माओवादी र त्यसको नेतृत्वकर्ता प्रचण्डलाई समाप्त पार्ने खेल प्रतिगामी तत्वहरुबाट भइरहेकाले त्यसका विरुद्ध सजग भएर काम गर्नुपर्ने अवस्था आएको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस