On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • यथास्थितिमा संसदको चुनाव भए एमालेले कति सिट जित्ला ?
समाचार

यथास्थितिमा संसदको चुनाव भए एमालेले कति सिट जित्ला ?

काठमाडौं ।

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो । त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ?

विज्ञापन

एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए । १६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ । यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो ।

विज्ञापन

एमाले र माओवादी मिल्दा दुवैलाई चुनावमा ठूलो फाइदा पुगेको थियो । २०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।

माओवादीसँगको गठबन्धनले ७८ स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले आउँदो निर्वाचनमा यही सफलता दोहोराउने सम्भावना कमजोर छ । माओवादीसँग एमालेको गठबन्धनको सम्भावना देखिदैन । अर्कोतर्फ, एमाले आफै फुटेको छ ।

विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ७८ मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए । यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ ।

त्यसमाथि एमाले समेत विभाजित भएको छ । माधव नेपालले एमालेको २० प्रतिशत मात्र शक्ति आफ्नो साथमा लगेको आँकलन गर्ने हो भने पनि एमालेलाई चुनावमा ठूलो झड्का लाग्ने स्पष्ट देखिन्छ । प्रत्यक्षतर्फ चुनावमा ७८ मध्ये ३१ जनाले मात्र १० हजार मतान्तरले जितेको तथ्यांक छ । त्यो माओवादी समेतसँग गठबन्धनले हो । यसलाई केलाउँदा ३१ बाहेकको सिटमा एमाले पराजित हुने सम्भावना बलियो छ । यसको अर्थ चुनाव भएमा एमालेले प्रत्यक्षतर्फ जितेको ४७ सिट गुमाउने सम्भावना बिलियो छ ।

समानुपातिकतर्फ पनि २० प्रतिशत मत घट्दा ३० मध्ये कम्तिमा ६ देखि १० सिट गुम्ने स्थिति छ । फुटको अवस्थामा चुनावमा गए एमालेले अधिकतम ६० सिटभन्दा बढी जित्ने सम्भावना देखिदैन । यसको अर्थ केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अहिलेको नेपाली काँग्रेसको प्रतिनिधि सभामा सिट संख्याभन्दा पनि कम संख्यामा पुग्न सक्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस