सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानन्यायाधीशबारे विवाद : सर्वोच्च अदालत परिसरमै वकिलबीच कुटाकुट
समाचार

प्रधानन्यायाधीशबारे विवाद : सर्वोच्च अदालत परिसरमै वकिलबीच कुटाकुट

Renu Dahal

सर्वोच्च अदालतमा केही सातादेखि चलिरहेको विवादले उग्र रुप लिँदै गएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा वकिलहरूसमेत विभाजित भएको अवस्थामा शुक्रबार सर्वोच्च अदालतभित्रै कुटाकुट भएको छ।

विज्ञापन

पाँच दिनदेखि सुनुवाइ ठप्प भएको सर्वोच्चमा शुक्रबार मध्यान्ह दुईजना वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो।

विज्ञापन

प्रधानन्यायाधीशलाई लिएर दुईजनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका हुन्।

विवाद बढेपछि कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका छन्। अर्कातिर झापट खाने अधिवक्ता चुँडालले इजलास रोक्न नहुने अडान राख्दै आएका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस