शुक्रबार, जेष्ठ ७, २०८३
  • होमपेज
  • Breaking News
  • पिताको अनुपस्थितिमा बिहे गर्दैछन् डोनाल्ड ट्रम्प जुनियर ?
Breaking News

पिताको अनुपस्थितिमा बिहे गर्दैछन् डोनाल्ड ट्रम्प जुनियर ?

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले यहि सप्ताहन्तमा बिहे गर्दैछन् । ट्रम्प जुनियरले आफ्नी पार्टनर बेटिना एन्डरसनसँग बहमासको एउटा सानो टापुमा विवाह गर्ने भएका छन् ।

स्रोतहरूका अनुसार विवाह समारोह अत्यन्त निजी र सीमित पाहुनाबिच आयोजना गरिनेछ । तर, समारोहमा सहभागी नहुने सम्भावना रहेका प्रमुख व्यक्तिमा बेहुलाका पिताको पनि नाम आइरहेको छ ।

विज्ञापन

स्रोतहरूका अनुसार विवाहमा केवल परिवारका नजिकका सदस्य र दम्पतीका घनिष्ठ साथीहरूलाई मात्र निमन्त्रणा गरिएको छ । पाहुनाको सङ्ख्या ५० जनाभन्दा कम रहने बताइएको छ । ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले विवाहमा जानेबारे स्पष्ट उत्तर दिएनन् ।

विज्ञापन

‘उसले म आओस् भन्ने चाहन्छ, तर यो एउटा सानो निजी कार्यक्रम हो, म सकेसम्म जाने प्रयास गर्नेछु,’ ट्रम्पले भने । वर्तमान अन्तर्राष्ट्रिय परिस्थितितर्फ सङ्केत गर्दै उनले इरान र अन्य विषयका कारण अहिलेको समय आफ्नो लागि सहज नभएको बताएका थिए ।

स्रोतहरूका अनुसार वैवाहिक कार्यक्रम गोप्य र सुरक्षित रहोस् भनेर ट्रम्प जुनियर र बेटिना एन्डरसनले विवाहसम्बन्धी विवरण मिडियामा बाहिर नजाओस् भन्ने चाहेका थिए । राष्ट्रपति ट्रम्प समारोहमा सहभागी हुँदा हुने कडा सुरक्षा व्यवस्थाबाट पाहुनाहरूलाई जोगाउन पनि यस्तो योजना बनाइएको बताइएको छ । ट्रम्पको सार्वजनिक समय तालिकामा उनी बिहेमा जाने कुरा उल्लेख छैन । ट्रम्प नगए पनि उनका अन्य छोराछोरी भने भने बिहेमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

यो ट्रम्प जुनियरको दोस्रो विवाह हो । यसअघि उनले भेनेसा ट्रम्पसँग १२ वर्ष वैवाहिक जीवन बिताएका थिए । सन् २०१८ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो ।

ट्रम्प जुनियरले सन् २०२० मा क्यालिफोनिर्याका गभर्नर ग्याभिन न्यूसमकी पूर्वपत्नी किम्बर्ली गिलफोयलसँग इन्गेजमेन्ट गरेका थिए । तर यो इन्गेजमेन्ट सन् २०२४ मा टुट्यो । गिलफोयल अहिले ग्रिसका लागि अमेरिकी राजदूत छिन् ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस